Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ४२ प्रतिशत आयातमा अगि्रम भुक्तानी, निजी कम्पनीले घटाए आन्तरिक हवाई भाडा, चुक्तापुँजी वृद्धिको ब्यवस्था युनिभर्सल प्रणालीमा लैजाने योजना शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा ४२ प्रतिशत आयातमा अगि्रम भुक्तानी, ढुवानीमा फेरि सिण्डिकेट, सामाजिक सुरक्षा भत्ताले जीवन बिमा, ‘रोलआउट प्लान’ रोकियो यूटीएलको युनिफाइड लाइसेन्स, नेप्सेमा १० वित्तीय संस्था, उपत्यकाको सडक निर्माण सुस्त लगायतका खबर छन् ।

नागरिक दैनिकमा निजी कम्पनीले घटाए आन्तरिक हवाई भाडा, औद्योगिक र सेज विधेयक संसदमा, समान ढुवानीमा असमान भाडा, अर्बमा राजश्व तिर्ने १४ कम्पनी, मनसुनपछि लाङटाङ ब्युँझाउने तयारी, सिण्डिकेट लागू गर्ने माथि कारबाही माग, चुक्तापुँजी बढाउन मर्जरमात्र विकल्प लगायतका खबर छन् ।

अभियान दैनिकमा चुक्तापुँजी वृद्धिको ब्यवस्था युनिभर्सल प्रणालीमा लैजाने योजना, २० वर्षमा ५ प्रतिशत गरिबी झार्ने लक्ष्य, विक्रेतालाई १६९ प्रतिशत नाफा, प्रति रिचार्ज पीन छपाइ १० पैसा महंगो, विराटनगर चक्रपथको ट्रयाक अझै खुलेन, मेनपावरका शाखा र एजेण्टको अनुगमन अधिकार श्रम कार्यालयलाई लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा जहाज लिन चिनियाँ पक्षको दबाब, ठेकेदारको बदमासीले बैंकलाई समस्या, हवाई भाडा घट्यो, बोनसको आठ अर्ब थन्कियो, डिजेलको मूल्य घट्याघट्यै, घटेन यातायात भाडा, निजगढ विमानस्थल सिमांकनको काम सकियो, भक्तपुरमा नेपालकै पहिलो प्रिफेब उद्योग लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment