Comments Add Comment

एनआरएनए कतारको महाधिवेशन भोलि

घनश्याम पराजुली (कृष्ण)

दोहा । गैरआवासिय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको छैठौं महाधिबेशन शुक्रबार एयरर्पोट रोडस्थित क्राउन प्लाजाको विजनेश पार्कमा हुदैछ । महाधिवेशन होटल कोरलमा हुने भनिए पनि प्राविधिक कारणवस स्थान परिवर्तन गरिएको हो । महाधिबेशनका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, महासचिव कुमार पन्त, सचिव रन्जु थापा विहीबार रातीसम्ममा कतार आईपुग्नेछन् ।

nrna_logo_latest-6 (1)शुक्रबार विहान ९ः३० बजेबाट उद्घाटन सत्र र दिउसो २ बजेबाट बन्दसत्र गरी दुईभागमा कार्यक्रमलाई विभाजन गरिएको छ । कार्यक्रमको तयारी पुरा भईसकेकोले कतारको परिचयपत्र अनिवार्य साथमा लिएर परिषद सदस्यहरुलाई समयमा नै उपस्थितका लागि महासचिव बिनोद भट्टराईले जानकारी दिएका छन । एनआरएनए कतारको आगामी कार्यकालका लागि निर्वाचन भने आगामी २१ अगष्टका दिन हुनेछ ।

प्रत्यक्ष निर्वाचन गर्न तयार रहेको भन्दै निर्वाचन समितिका संयोजक गुरुनारायण रानाभाटले सबैबाट निकासको पहल आवश्यकता रहेको बताए । उनले कतारको बस्तुस्थितिलाई मध्यनजर गर्दै सभ्य ढङ्गबाट निर्वाचिन गर्नुपर्ने बताए ।
निर्वाचन समितिले पूर्व निर्धारित उम्मेदवारी फिर्ता गर्ने मिति ११ अगष्टसम्मका लागि थप गरेको थियो ।

उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै निर्वाचन समितिले आफूहरु निर्वाचनका लागि तयार रहेको बताएका छन् । पटक पटकको प्रयासपछि पनि सहमति हुन नसकेपछि आगामी कार्यकालका लागि निर्वाचन हुने पक्का भएको छ । आगामी कार्यकालका लागी ७५ जना उम्मेदवार मध्य १० जनाले उम्मेदवार फिर्ता लिएका छन् भने २ जनाको उम्मेदवारी खारेज भएको छ ।

प्रथम उपाध्यक्षका दावेदार श्रीकृष्ण भट्टराई, द्वितीय उपाध्यक्षमा द्रोण बस्नेत र मोहम्मद उमेर आलन, महासचिवबाट नन्दप्रसाद ढुङ्गाना, सचिवबाट संजय रजक, युवा संयोजकबाट भानुभक्त दाहाल, खुल्ला सदस्यबाट मक्सुद आलम खान र रुपेशकुमार श्रेष्ठ , मध्यमान्चल सदस्यबाट महमद हुसेन शेख, मध्यपश्चिमान्चल सदस्यबाट बसन्तराज पुरीले आफ्नो उम्मेदवार फिर्ता लिएका छन् । तराई/ मधेश समुदायबाट सदस्य पदमा उम्मेदवारी दिएका मोहम्द जासिद राईन र तैयब राईन कवारीको उम्मेदवारी निर्वाचन समितिद्वारा खारेज भएको छ ।

द्वितीय उपाध्यक्षका लागी ३ जनाको उम्मेदवारी परे तापनि २ जनाले फिर्ता लिएपछि प्रविन गुरुङ्गका सर्वसम्मत भएका छन । महिला संयोजकको १ पदका लागि संगीता थिङ्ग, आदिवासी जनजाती सदस्यको दुई पदका लागि राजु मर्हजन र खिमबहादुर रानामगर, दलित सदस्यको दुई पदका लागि प्रकाश परियार र प्रेमबहादुर विश्वकर्माको मात्र उम्मेदवार परेको थियो ।

को को भिड्दैछन चुनावमा ?

आगामी २१ अगष्टमा हुने एनआरएनए एनसीसी कतारको निर्वाचनमा ५७ जना उम्मेदवारहरु भिड्नेछन । अध्यक्षका पदमा बिनेश तामाङ्ग, अर्जुन भट्टराई, मोहम्द शाकिर अली र बिलबहादुर गुरुङ्ग, प्रथम उपाध्यक्षका लागि नगेन्द्रप्रसाद पोख्रेल , मोहम्मद मुक्तदा मुसलमान, महासचिवका लागि नन्द्रप्रसाद र्गबुजा र करिम बक्स मियाँ, सचिव पदमा प्रेमकुमार बिक, उत्तीमकुमार शाह र मोहम्मद औजेर, कोषाध्यक्षमा भेषराज पराजुली, अब्दुल वासिद, अकवर कवारी, रुपेश यादव र बुधबल गुरुङ्ग भिड्नेछन ।

युवा संयोजकका लागि लिलबहादुर जीसी, केदारनाथ भुषाल र दिपेन्द्र ढकाल, महिला सदस्यका लागि सरिता भण्डारी र मीना खड्का चुनावी प्रक्रियामा जाने भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा ६ जना सदस्यका लागी रामजी खत्री, शिव प्रसाद वास्तोला, लालबहादुर भट्ट , भुपती भट्टराई, भिमबहादुर थापा, माईला वाईवा, भीमबहादुर तरामुमगर, महोम्द यासिन राईन, डिल्लीराम भट्टराई, महबुब आलम, संतोष दंगाल, बुद्धीप्रसाद भण्डारी, शक्ति क्षेत्री र दिपक लामिछाने मैदानमा उत्रेका छन् ।

विकास क्षेत्र अन्तरगत पुर्वाञ्चल सदस्यको १/१ पदका लागि तेज कटुवाल र रामकुमार मण्डल, मध्यमाञ्चल सदस्यका लागि मोहम्द बजिलानी साफी र मोहम्मद रहमत हुसेन, पश्चिमाञ्चल सदस्यका लागि ठाकुरकुमार दमाई दर्जी र इसरार अहमद मुसलमान , मध्यपश्त्रिमाञ्चल सदस्यमा मानबहादुर केसी, बिमलकुमार उपाध्याय र हरीप्रसाद रिजाल साथै सुदुरपश्चिमाञ्चल सदस्यका लागि तोयानाथ घिमिरे, कृष्णकुमार आयर भिड्नेछन् ।

समुदाय अन्तरगत २/२ पदका लागि मुस्लिम समुदायबाट महोममद इसराल कवारी, खुरसिद मन्सुर, मोस्तकीम कवारी र मोहम्मद आयुव साथै तराई/मधेश समुदायबाट भन्द्रदेव यादब , उमेशकुमार खड्ग र महेश्वर मंडल चुनावमा जाने भएका छन ।

त्यस्तै कतारबाट चुनिने आईसिसीको दुई पदका लागि हंसराज ढकाल क्षेत्री, बिनोद भट्टराई, होमनाथ शर्मा र सुनिल मण्डल पनि चुनावमा भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment