Comments Add Comment

बन्दले चितवनको जनजीवन प्रभावित, बस तोडफोड

३१ साउन, चितवन । थरुहटको वन्दको मारमा परिरहेका चितवनवासी फेरि आज ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण थप मारमा परेका छन् । थरुहट प्रदेशको माग गर्दै शुक्रवारदेखि चितवन बन्द गर्दै आएको थारु कल्याणकारिणी सभाको बन्द सँगै ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण चितवनको जनजीवन प्रभावित भएको छ ।

भरतपुर, नारायणगढ, मुग्लीन, रत्ननगर, टाँडी, खैरहनी, पर्सा, भण्डारा, पिप्ले, पश्चिम चितवन, गीतानगर, रामपुर सँगै माडी क्षेत्रका बजारहरु बन्द छन् । पूर्व पश्चिम राजमार्ग र भित्र सडकमा मोटरसाइकल बाहेक सार्बजनिक र निजी सवारीका साधन गुडेका छैनन् । चितवनका उद्योग कलकारखाना, शैक्षिक संस्था पनि ठप्प छन् ।

बन्दकर्ताहरु भने राजमार्ग क्षेत्रमा देखिएका छैनन् । बन्दका कारण बिचबाटोमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टीङ गरेर गन्तव्यसम्म लगेको छ ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै चितवनको नारायणगढमा यात्रुवाहक बसमाथी तोडफोड भएको छ । नारायणगढस्थित लिलाचोकमा गुडिरहेको ना ४ ख ७४४३ नम्बरको बसमा तोडफोड भएको हो । मोटरसाइकलमा आएको एक समुहले बसको सिसा फुटाइदिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

तोडफोड पछि प्रहरीले स्कर्टीङ गरेर सो बस र बसका यात्रुहरुलाई गन्तव्य तर्फ पठाएको छ । सो गाडी काठमाडौंका लागि छुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment