Comments Add Comment

जेलबाट निस्केका फुटबलरले पहिले लफडा परेकै टिमविरुद्ध खेल्ने

Dean-Wells-1

१ भदौ, लन्डन । १२ महिनाको जेल सजाय भोगेर निस्केका एक व्यवसायिक फुटबलरले अब त्यहि टिमविरुद्ध फुटबल खेल्दैछन्, जून टिमका फ्यानमाथि आक्रमण गरेको अभियोगमा उनी जेल परेका थिए ।

यी हुन् डिन वेल्स, जो २०१० को मेमा ब्रेन्टफोर्डका फ्यानहरुसित मिलेर लिटोन ओरियन्टका समर्थकहरुमाथि जाइलागेको घटनामा दोषि प्रमाणित भएका थिए । लिभरपुलको सडकमा भएको घटनालाई लिएर ब्रेन्टफोर्डका रक्षक ६ महिना जेल सजाय बिताएर सन् २०११ को अक्टोबरमा रिहा भएका थिए ।

जेलबाट निस्केपछि उनले अर्द्धव्यवसायिक फुटबल करिअर सुचारु गरे तापनि प्रतिवन्धले गर्दा दुई सिजनसम्म रंगशाला धाउनमा मात्रै सिमित रहे । अघिल्लो ग्रीष्ममा उनले पहिलोपटक फुटबल लिग खेल्ने मौका पाएका थिए ।

Dean-Wells

अब यी ३० वर्षीय फुटबलरले त्यही ओरियन्ट क्लवविरुद्ध खेल्ने मौका पाएका छन्, जसका समर्थकसित यिनको लफडा भएको थियो । इस्ट लण्डनमा आज (मंगलबार) उनको परिक्षा हुनेछ ।

लिभरपुल स्टि्रट स्टेसनमा त्यतिबेला ओरियन्ट र ब्रेन्टफोर्डका ४० जना जति फुटबल समर्थकहरु आपसमा भिडेका थिए । उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए । सो घटनामा ओरियन्टका दुई समर्थकका साथ ब्रेन्टफोडका चार फ्यानहरुलाई आरोपित गरिएको थियो, जसमा वेल्स पनि एक थिए ।

सो घटनाबारे वेल्सले भनेका छन्, ‘हामी रक्सी खाएर हिँडेका थियौं । अचानक उनीहरुसित जम्काभेट भयो र स्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर पुग्यो ।’

६ महिनाको कारावासले आफूलाई ठीक ठाउँमा ल्याएको उनी बताउँछन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment