Comments Add Comment

भूकम्प र व्यवसायीको आन्दोलनले वैदेशिक रोजगारीमा जाने घटे

१० भदौ, काठमाडौं । विनाशकारी भूकम्प र रोजगार व्यवसायीको आन्दोलनका कारण विदेशमा काम गर्न जाने नेपालीकहरु घटेका छन् ।

आर्थिक वर्ष २०७१/०७२ मा श्रम तथा रोजगार प्रवर्द्धन विभागले ५ लाख १३ हजार व्यक्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २.८ प्रतिशतले कम हो ।

Baideshik rojgar Bivagवैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्य मुलुकहरुमा मलेशिया, कतार, साउदी अरव, युएई, कुवेत तथा दक्षिण कोरिया रहेका छन् । जसमध्ये सबैभन्दा बढी कुवेत जाने कामदारको संख्या ५१.३ प्रतिशतले घटेको छ ।

रोजगारीमा जान तयार भएका व्यक्तिहरु समेत भूकम्पका कारण रोकिएको र सरकारबाट निःशुल्क भिसा तथा टिकटको व्यवस्था लागू गरेपछि व्यवसायीहरुबाट गरिएको हड्तालका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको विभागको भनाई छ ।
मलेशियामा नेपालबाट सबैभन्दा बढी कामदार जाने गर्छन् । यहाँका लागि गत वर्ष २ लाख २ हजार ८२८ कामदारले अन्तिम स्वीकृति लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले कम हो ।

सबैभन्दा बढी नेपाली कामदार जाने मुलुकमा कतार दोस्रो स्थानमा रहेको छ भने साउदी अरब तेस्रो स्थानमा रहेको छ । गत वर्ष अधिकांश मुलुकमा जाने कामदार घटेपनि साउदी अरब जाने कामदार भने १३.४ प्रतिशतले बढेका छन् ।

गत वर्ष कतारका लागि अन्तिम श्रम स्वीकृति लिनेमा १ लाख २४ हजार ३६८ र अरबमा ९८ हजार २ सय ४६ जना रहेका छन् । नेपालीको सर्वाधिक रोजाईमा रहेको कोरियामा १८ हजार ९२० जना पुगे । कोरिया जाने कामदार पनि अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले घटेका छन् ।

गत वर्ष वैदेशिक रोजगारीमा जाने कुल कामदारमध्ये ३९.५ प्रतिशतले मलेशिया, २४.२ प्रतिशतले कतार, १९.२ प्रतिशतले साउदी अरव, १०.५ प्रतिशतले युएई, १.९ प्रतिशतले कुवेत र १ प्रतिशतले दक्षिण कोरियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment