+
+
Shares

लुम्विनी बैंकको बानेश्वर शाखा नयाँ भवनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १७:२७

१० भदौ, काठमाडौं । लुम्विनी बैंक लिमिटेडले नयाँ बानेश्वरस्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ । विहीबार नयाँबानेश्वरमै रहेको नयाँ भवनमा शाखा कार्यालय सारिएको हो ।

Lumbini-Bank-baneshwor-Branउक्त नयाँ भवनको उदघाटन विहीबार बैंकका सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले गरे । नयाँ भवनमा सरेको शाखाबाट पनि सम्पूर्ण बैकिङ सुविधा ग्राहकहरुले पाउने छन् ।

लुम्बिनी बैंकका अनुसार आर्थिक वर्ष ०७१/७२ को अन्त्यमा बैंकको कुल निक्षेप २०.२८ अर्ब, कुल कर्जा १७.२३ अर्ब तथा खुद मुनाफा ३४.६१ करोड रुपैयाँ रहेको छ । साथै हाल बैंकले १८ वटा शाखा मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?