Comments Add Comment

अबरुद्ध मेची राजमार्ग दुईघण्टा पछि खुल्यो

रविन भट्टराई
११ भदौ, ताप्लेजुङ । सडक माथिबाट झरेको पहिरोले अबरुद्ध मेची राजमार्ग दुई घण्टा पछि खुलेको छ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम नजिकै सशस्त्र प्रहरीको चेक पोईन्ट नजिकै झरेको पहिरोले अबरुद्ध सडक विहान ६ बजेबाट खुलेको हो ।

अबरुद्ध सडक स्काभेटर लगाई पन्छाएको कञ्चनजंघा सशस्त्र प्रहरी कार्यालयका प्रमुख डिएसपी सुदिर सुवेदीले जानकारी दिए । रातभरको अविरल वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले बाटो अबरुद्ध हुँदा ताप्लेजुङबाट विहान ४ बजे देखि छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन बीच बाटोमै अबरुद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment