Comments Add Comment

झलनाथले भने-बाग्लुङ र रुकुम टुक्राउनु पर्दैन

Jhalanath-khanal

११ भदौ,काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री संघीय प्रदेशहरुको सीमांकन गर्दा बाग्लुङ र रुकुम टुक्राउनु पर्ने आवश्यकता आफूले नदेखेको बताएका छन् ।

संविधानसभा बैठकमा संविधानको बिधेयकमाथि छलफलमा भाग लिँदै खनालले भने-‘बाग्लुङ र रुकुम विभाजन गर्नुपर्ने मैले अर्थ देखेको छैन, त्यहाँका जनता पनि अलग हुन चाहँदैनन् ।’

बाग्लुङ र रुकुम विभाजनको विरोधमा ती जिल्लामा आन्दोलन भइरहेका बेला खनालले विभाजन नगर्न सुझाव दिएका हुन् । खनाल पञ्चायतकालमा बाग्लुङमा पढाउँथे ।

खनालले मधेसी, थारु र कतिपय जनजातिका अशन्तुष्टिका स्वरहरुलाई सम्बोधन गर्ने प्रयास भइरहेको भन्दै कुनै पनि बहानामा संविधान जारी गनर्ेे प्रक्रिया भने रोक्न नसकिने बताए ।

बैठकमा खनालपछि बोल्ने ठूला दलका अधिकांश सभासदले संविधानमा राष्ट्रिय दलको मान्यता पाएर समानुपातिक सभासद हुनका लागि थ्रेस होल्ड तोक्नैपर्ने बताएका थिए ।

थ्रेस नराख्ने हो भने देशमा कुनै पनि पार्टीको बहुमत नआउने र सधैं अस्थिर हुने भन्दै उनीहरुले कम्तिमा ३ देखि ५ प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने माग गरे ।

कांग्रेसका प्रकाशरण महत, रामहरि खतिवडा, एमालेका ममता गिरी, विशाल भट्टराई लगायतले थ्रेसहोल्ड राख्न माग गरेका हुन् ।

सभामा बोल्दै एमाओवादी सभासद जनार्दन शर्माले जनताका माग सुनुवाई नगर्दा टीकापुर घटना हुन पुगेका भन्दै कुनै पनि पक्ष अतिवादमा लाग्न नहुने र आशिर्वादको पछि पनि लाग्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment