Comments Add Comment

मोतीराम गजल साधना सम्मान मनु व्राजाकीलाई

काठमाडौं । नेपाली गजलस्रष्टाहरूको अन्तराष्ट्रिय संस्था अन्तराष्ट्रिय नेपाली गजल मञ्चले हरेक वर्ष प्रदान गर्ने मोतीराम गजल साधना सम्मान २०७२ बाट मनु व्राजाकीलाई र सेतुराम संगीत साधना सम्मान २०७२ हरि लम्साललाई दिने निर्णय भएको छ । दुवै सम्मानको राशी पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र छ ।

Manu-Brajaki
मनु व्राजाकी

यसैगरी आमसञ्चारका माध्यममार्फत् नेपाली गजलको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै रेडियोकर्मी हेम भण्डारीलाई सम्मान गर्ने निर्णय भएको अन्तराष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले जानकारी दिएका छन् । सम्मान कार्यक्रम असोज २ गते हुनेछ ।

मञ्चको सदस्यमा तीनजना मनोनीत

सदस्यमा गीतकार एवं गजलकार लोकराज अधिकारी मनोनित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा नेपालबाट अधिकारी, दुबईबाट दीपा दाहाल र भूटानी नेपाली स्रष्टा याम थुलुङ मनोनीत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment