+
+

आन्दोलनकारीले धनुषामा कांग्रेस पार्टी कार्यालयमा आगो लगाए

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २१ गते १६:१८

Nepali Congress२१ भदौ, जनकपुर । सीमांकनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसको धनुषाको कार्यालयमा आगो लगाएका छन् ।

झण्डै दुई हजारको संख्यामा रहेका प्रदलर्शनकारीले राराब क्याम्पस नजिकै रहेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

आगलागीका कारण कार्यालयमा भएका कागजपत्र जलेर नष्ट भएको छ । दमकलको सहयोगमा आगो निभाइएको छ ।

यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, सभासद रामकृष्ण यादव लगायतका नेताहरुको घर तोडफोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?