Comments Add Comment

नेपाली चेलीलाई बन्धक बनाउने साउदी कूटनीतिज्ञ जोगिए !

Saudi-diplomate-rape-case
२४ भदौ, काठमाडौं । नेपाली आमाछोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोप लागेका नयाँ दिल्लीस्थित साउदी अरबका कूटनीतिज्ञ अझै पक्राउ परेका छैनन् । उनलाई पक्राउ गर्न र कारवाही गर्न नसकिने भारतीय अधिकारीहरुले बताएका छन् ।

दिल्ली नजिकैको गुडगाउँ इलाकाबाट प्रहरीले दुई नेपाली महिलाको उद्धार गरिसकेको छ । तर, ‘राजनीतिक संरक्षण’ का कारण प्रहरीले उक्त फ्लाटमा रहेका कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

भारतको सुपि्रम कोर्टका वरिष्ठ वकिल केटीएस तुलसीले भियना सन्धी अनुरुपको ‘राजनीतिक संरक्षण’ नहटेसम्म एक देशले अर्को देशको कूटनीतिज्ञलाई पक्राउ गर्न नसक्ने बताए ।

सन् १९६१ मा भियना सन्धी भएको थियो, जसमा भारतले समेत हस्ताक्षर गरेको छ । जस अनुसार विदेशी कूटनीतिज्ञहरुले राजदूतावास रहेको देशमा राजनीतिक संरक्षण पाउँछन् ।

सन्धीको अनुच्छेद २९ मा कुनै पनि कूटनीतिज्ञलाई हिरासतमा नलिने मात्र उल्लेख छैन, उसको प्रतिष्ठामा आँच आउने कुनै पनि काम गर्न नपाउने उल्लेख छ ।

त्यस्तै अनुच्छेद ३१ मा कूटनीतिज्ञलाई आपराधिक मामिलामा समेत छुट हुने व्यवस्था छ ।

अब यदि भारतले बलात्कारको अभियोग लागेका साउदीका कूटनीतिज्ञलाई कारबाही गर्ने हो भने त्यसअघि साउदी अरबले उनीमाथिको राजनीतिक संरक्षण हटाउनुपर्छ ।

अन्तराष्ट्रिय कानून विपरीत गए साउदी अरबले भारतीय राजनीतिज्ञलाई पनि यस्तै व्यवहार गर्न सक्छन्, जस्तो अमेरिका र रुसबीच चल्दै आएको छ ।

यद्यपि यस्ता कयौं उदाहरण छन्, गम्भीर अपराधमा मुछिएपछि सम्वन्धित देशले उनलाई पद मुक्त गर्दै राजनीतिक संरक्षण हटाएको छ । अमेरिका, फ्रान्स र बि्रटेनमा यस्तो भएको छ ।

साउदी अरबको विषयमा भारतीय जाँच एजेन्सी समूह ठूलो समस्या छ र त्यो उनीहरुले अभियोग लागेका व्यक्तिलाई बोलाएर सोधपुछ समेत गर्न सक्दैन ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment