Comments Add Comment

मोती जयन्तीको अवसरमा दमकमा एकल गजल वाचन

दमक । १५० औँ मोतीजयन्तीको सन्दर्भमा शनिबार दमक बहुमुखी क्याम्पस, दमकको आयोजनामा साहित्यकार घनश्याम पथिकको एकल वाचन तथा पथिककै उपन्यास युनिकाको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

Damakसमाजसेवी तथा अधिकारकर्मी शान्ता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पथिकले डेढ दर्जन गजल र कविता वाचन गरेका थिए । पथिकले आˆनी आमा र मोतीराम भट्टलाई एकैपटक सम्झिँदै गजल वाचनको सुरुवात गरे ।

उनलाई गजल वाचनमा साहित्यकार सुरेश सुवेदी, विवश बलिभद्र कोइराला, गण्डकी पुत्र र विष्णु पौडेलले साथ दिएका थिए । गजल र कवितामा पथिकले झन्डै दुई सयको हाराहारीमा उपस्थित श्रोताको राम्रो साथ पाए ।

युनिका उपन्यासमाथि साहित्यकार शिव प्रणतले समीक्षा गरेका थिए । प्रणतले युनिका उपन्यास युवा लक्षित प्रेम र रोमान्सले भरिपूर्ण रहेको बताए । उनले पथिकको लेखन शैलीको तारिफ गर्दै उपन्यास युनिका युवामाझमा लोकपि्रय हुने पनि बताए ।

वाचन गरिएका गजल र कविता सुनिसकेपछि उपस्थित साहित्यकारहरूले पथिकका कविताले युग बोलेको र गजलले सौन्दर्यपक्षको वकालत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment