Comments Add Comment

पहिरन लामो हुँदा प्रियंकालाई झर्न गाह्रो, आर्यनले बोकेर झारे

aaryan-and-priyanka
कुनै पनि कार्यक्रममा जब कलाकारको उपस्थिती हुन्छ, त्यहाँ विभिन्न खालका गतिविधी देखिन्छन् । शनिबार आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा पनि एक यस्तो दृश्य अनलाइनखबरको क्यामेरामा कैद भयो, जुन रोचक थियो ।

कार्यक्रम सकिएपछि फोटोसेसन चल्यो । फोटोसेसन गरिसकेपछि अवार्ड पाएका नायक आर्यन सिग्देल र नायिका  प्रियंका कार्कीलाई मिडियाले फेरि घेर्‍यो । आर्यन र प्रियंकाको मात्र फोटो फोटोग्राफरहरुले लिए । यसपछि आर्यन मञ्चबाट तल झरे, तर प्रियंकालाई भने गाह्रो भयो । प्रियंकाले लगाएको पहिरन लामो थियो, जसका कारण उनलाई हिड्न अप्ठ्यारो भैरहेको थियो । भुँइसम्म लत्रिएको पहिरनका कारण पनि प्रियंकालाई हिड्न गाह्रो भएको हुनसक्छ ।aaryan-and-priyanka-1
प्रियंका स्टेजबाट तल र्झन सकिनन् । यसपछि, नायक आर्यन सिग्देल स्टेजबाट तल झरे र प्रियंकालाई आफ्नो काममा राखे । आर्यनको सहारामा प्रियंका स्टेजबाट झरेकी थिइन् ।
aaryan-and-priyanka-2केही चलचित्रमा काम गरेका आर्यन र प्रियंका नजिक छन् । तर, यो अवार्ड समारोहमा आर्यनले प्रियंकाप्रती साथ र माया देखाए । आर्यनको साथले प्रियंका पनि खुशी थिइन् । उनीहरु, स्टेजबाट तल झरेर फेरि फोटो खिच्न व्यस्त देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment