Comments Add Comment

नेप्से सूचक फेरि १२ सय अंकमाथि

Bull stock२९ भदौ, काठमाडौं । असोज ३ गते नयाँ संविधान आउने पक्कापक्की भएपछि सेयर बजारमा त्यसको सकरात्मक प्रभाव देखिएको छ । मूख्य दलहरुले संविधान निर्माणको प्रक्रिया सुरु गरेपछिका दुई दिनमा नेप्से २० २२ अंकले बढेर १२ सय ६ अंकमा पुगेको छ ।

यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी अत्यधिक बढाउने मौदि्रक नीति सार्वजानिक भएपछि नेप्से उच्च अंकलेब ढेर १२ सय अंकमाथि पुगेको थियो । तर, केही हप्तायता नेप्से सामान्य अंकले घट्दो प्रवृत्तिमा थियो ।

मौदि्रक नीति सार्वजानिक भइहरेका बेला साउन ७ गते दिउसो साढे १ बजे नेप्से सूचक ९ सय ६८ अंकमा थियो । सोही दिन नेप्से ३१ अंकले बढेर १००३ अंकमा गुगेको थियो ।

राजनीतिक अन्यौलताका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको तर राजनीतिक सकरात्मक दिशातर्फ अघि बढेकाले लगानीकर्ता उत्साहित भएको विश्लेषकहरु बताउँछन् । राजनीतिक घटनाक्रमले सेयर बजारमा तत्काले प्रभाव पार्छ ।

नयाँ संविधानका लागि मतदान प्रक्रिया सुरु भएको दिन सोमबार १ अंकले बढेको नेप्से मंगलबार १२ अंकले बढेको छ ।

बीमा, जलविद्युत र वाणिज्य बैंक समूहले मंगलबार नेप्से उछालेका हुन् । बीमा समूहको सूचक ४३ अंकले, जलविद्युत समूहको सूचक २९ अंकले र वाणिज्य बैंक समूहको सूचक १६ अंकले बढेका छन् । त्यस्तै, विकास बैंक समूहको १५ अंकले र फाइनान्स समूहको सूचक २ अंकले बढेका छन् ।

उता, होटल समूहको ६ अंकले, उत्पादनमूलक समूहको ७३ अंकले र अन्य समूहको सूचक ७ अंकले घटेका छन् ।

मंगलबार १ सय ४४ कम्पनीका १० लाख ७५ हजार कित्ता सेयर ६३ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment