Comments Add Comment

प्रधानमन्त्रीले भने-…दुर्भाग्यवस तपाईंहरु आउन सक्नुभएन

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचनमा सहभागी भएर जनताको सेवा र विकास निर्माणमा आफूलाई सरिक गराउन असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । छुटेका विषयहरु थपेर र नमिलेका कुराहरु संशोधन गरेर नयाँ संविधानलाई अझै परिस्कृत पार्ने उनले बताए ।

33 Daliya Morcha३३ दलीय मोर्चाका संयोजक एवं राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापा नेतृत्वको टोलीसँग विहीबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान सभामा प्रतिनिधित्व नभएका दलहरुलाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अत्यधिक प्रयास गरेको उल्लेख गर्दै भने, ‘तपाईँहरुलाई सहभागी गराउने भनेर नै तपाइँहरुको माग अनुरुप सर्वपक्षीय राजनीतिक भेलाको आयोजना गरिएको थियो, दुर्भाग्यवस् तपाईहरु आउन सक्नुभएन । सबै राजनीतिक दलहरुलाई तपाईँहरुका निमित्त मैले अन्तिम समयसम्म रोकेरै राखेको थिएँ ।’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान अभ्यासको क्रममा परिष्कृत र संशोधन हुने भएकाले अहिले नसमेटिएका विषय संशोधनमा समेटिन सक्ने संभावना औल्याउदै देशमा शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएकाले सोको लागि सबैले सहयोग गर्नु पर्ने बताए ।

नयाँ संविधान अनुरुप अब हुने स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचनमा सहभागी भएर जनताको सेवा र विकास निर्माणमा आफूलाई सरिक राख्ने अवसर सबैलाई प्राप्त भएको उल्लेख गर्दै उनले ३३ दलीय मोर्चा र यसमा आबद्ध राजनीतिक दलहरुलाई त्यसलाई उपयोग गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, शान्तिमन्त्री नरहरि आचार्य लगायतको पनि सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment