Comments Add Comment

स्पेनको अल्ट्रा म्याराथनमा नेपाली चेली मिरा राई बनिन् विश्व उपविजेता

बसन्त रानाभाट

Mira-Rai4
नेपाली चेली मिरा राई सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बनेकी छिन् । स्पेनमा सम्पन्न दौडमा उनी महिला तर्फको उपविजेता बनेकी हुन् ।

राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै नेपाली झण्डा फहराइन् । उनी मात्र ४ मिनेट १६ सेकेण्डले विजेता हुनबाट चुकिन ।

स्विडेनकी ईमिली फोर्सब्रगले १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै विश्व च्याम्पियन बनिन् र मीराले उनलाई शुरुदेखि नै दबावमा दिएकी थिइन् ।
Mira-Rai-Runing
संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने सालोमन प्रिनेउ अल्ट्रा दौडमा गत बर्षकी बिजेता नुरिया प्लाकासले भने तेस्रो स्थानमा चित्त बुझाएकी छन् । अल्ट्रा दौडमा थुप्रै रेकर्ड बनाई सकेकी स्पेनिस धावक नुरियाले १४ घण्टा १३ मिनेटमा मात्र दुरी पार गर्न सकिन् ।

दौडमा भाग लिएकी मिरालाई हौसला प्रदान गर्न स्पेनस्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए । दौड नसकिने बेलासम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले मिरा उपविजेता बन्दै घेरा नाघे पछि “नेपाल नेपाल’ भन्दै नारा लगाएका थिए ।
Mira-Rai2
मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जितेकी थिइन् ।

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी लडाकू बनेकी थिइन् । शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।​

थप तस्वीर हेर्नुहोस्

Mira-Rai-1

Mira-Rai

Mira-Rai5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment