Comments Add Comment

कलर्स एक्स फ्याक्टर ई-१० इलिट नेपाली बजारमा

Colours Elite-10 final४ असोज, काठमाडौं । कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत एक्सफ्याक्टर ई-१० नेपाली बजारमा भित्राएको छ । इलिट सिरिजका स्मार्टफोन प्रविधिका शौखीनहरुलाई उपयुक्त रहेको कम्पनीको भनाई छ ।

इलिट ई-१० मा डिजिटल र परम्परागत घडी जडित छ । जुन फ्लिप कभरमार्फत प्रष्ट देख्न सकिन्छ । यसबाट कल प्राप्त गर्न, सन्देश हेर्न र फोटो खिच्न पनि सहजता प्राप्त कम्पनीले बताएको छ । साथै यसमा रहेको संकेत प्रणालीमार्फत एकै स्पर्शमा एप्पहरुलाई संचालन गर्न सकिने छ ।

यसमा एण्ड्रोइड ललिपप ५.१ ओएस जडान गरिएको छ । ललिपप ५.१ सुधारिएको स्कि्रन पिनिङ र उपकरण सुरक्षाका विकल्पहरु सहित उपलब्ध छ ।

स्मार्टफोनमा ५ इञ्चको एचडी आइपिएस स्कि्रन, ३२ जिबी क्षमतासम्म विस्तार गर्न मिल्ने, १६ जिबी रोम प्लस २ जिबी र्‍याम र २ मेगा पिक्सेलको अगाडिको क्यामेरा, ८ मेगापिक्सल पछाडिको क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।

यसमा २१०० एमएएच लायन ब्याट्री र १.३ गेगाजर्हको क्वाडकोर प्रोसेस, डबल सिम, एमपी ३ र एमपी ४ लाई संचालन गर्न सकिने प्रविधि लगायत छन् । यसको मूल्य १२ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment