Comments Add Comment

लामो दूरीका सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली नलाग्ने

Buspark to Kalanki (6)

११ असोज, काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली नलगाउने निर्णय गरेको छ ।

सोमबार यातायात ब्यवसायी र मजदुरसंगको छलफलपछि सरकारले लामो दूरीका सवारीमा लगाइएको जोर-बिजोरलाई हटाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि सरकारले आइतबारबाट सबै सवारीमा जोर-बिजोर प्रणाली लगाउने निर्णय गरिएको थियो । पेट्रोलियम पदार्थको जोहो गर्नका लागि भन्दै जोर-बिजोर लगाउने निर्णय गरेपनि लामो दुरीमा जाने सवारीमा अत्याधिक चाप देखिएकाले फिर्ता गर्ने निर्णय गरेको ढकालले बताए ।

अब विभिन्न जिल्ला सदरमुकाम जोड्ने रुटमा गुड्ने सवारीमा जोर-बिजोर प्रणाली लागू नहुने भएको छ । ‘एक दिनमा पुग्ने र अर्को दिन फर्किने गाडीहरु जोर बिजोर प्रणालीका कारण प्रभावित भएको पयौं’ प्रवक्ता ढकालले भने-‘चाडपर्वको नजिक सवारीमा धेरै चाप हुने भएकाले लामो दूरीमा लगाईएको जोर विजोर खारेज गरिएको छ ।’

सोमबारदेखि नै निर्णय लागू भएको नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका उपाध्यक्ष डोलनाथ खनालले बताए ।

बेलुकी देखिनै लामो दूरीमा चल्ने सबै सवारीले सेवा थाल्नेछन् । लमो दुरीका बाहेक अन्य सवारीमा भने जोरविजोर प्रणाली कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment