+
+

तेल नभएपछि छविको ‘किस्मत २’ रोकियो, व्यापारमा पनि ठूलो असर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १०:३२

kismat-2-shooting
भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीले देश नै अस्तव्यस्त भैरहेको खबर सार्वजनिक भैरहेका छन् । तेलको अभावले नेपाली चलचित्र क्षेत्र पनि ठूलै समस्यामा परेको छ । विशेषगरि, छायांकनमा गैसकेका चलचित्र बढी प्रभावित छन् ।

जोमसोममा छायांकन सकेर आए लगतै निर्माता छविराज ओझाले आफ्नो चलचित्र ‘किस्मत २’को छायांकन रोकेका छन् ।

निर्देशक ऋषि लामिछानेले तेल अभावका कारण छायांकन रोकिएको बताए । उनले २० दिन जोमसोममा छायांकन गरिएपनि काठमाण्डौमा तेल नभएकाले काम गर्न नसकेको बताए । शिल्पा पोख्रेल, किशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

अब तेलको जोहो नभएसम्म छायांकन गर्न नसकिने भनाई छ, निर्माणपक्षको । यस्तै, काठमाण्डौमा लागिरहेका चलचित्रको व्यापार पनि प्रभावित भएका छन् । निर्माता दिपकराज गिरी भन्छन्-‘हाम्रो काठमाण्डौबाटै लगानी उठाउने लक्ष्य छ । तर, तेलको अभाव अझै केही दिनसम्म रहेको खण्डमा करिब १० लाखले लगानी उठाउन सकिदैन ।’

यस्तै तेलको प्रभाव अर्को चलचित्र ‘चंखे शंखे पंखे’लाई पनि परेको छ । छायांकनमा जान लागेका चलचित्र पनि तेल नभएपछि रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?