Comments Add Comment

कास्कीमा निजी गाडीलाई पनि तेल वितरण शुरु

सन्देश श्रेष्ठ
१७ असोज, पोखरा । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि आकस्मिक सवारी साधनलाई मात्र कोटा प्रणालीबाट तेल वितरण गर्दै आएको पोखराका पेट्रोल पम्पहरुले आइतबारदेखि पुनः निजी सवारी साधनलाई पनि तेल वितरण गर्न थालेका छन् ।

Petrol-Pumpतेल सकिएको भन्दै शुक्रवार दिउँसोदेखि पेट्रोलपम्पहरुले तेल वितरण ठप्प पारेका थिए । तेलका ट्रयाङ्करहरु नेपाल प्रवेश गर्न थालेपछि सुरक्षा र आकस्मिक सवारी साधनका लागि भनेर स्टक राखिएका तेलहरु पेट्रोलपम्पहरुले वितरण शुरु गरेका हुन् ।

आइतबार कमला आयल स्टोर्स नागढुंगा, बराल आयल स्टोर्स मासवार, मनकामना पेट्रोलपम्प बुद्धचोक, अटो क्लीन नयाँबजार, रानीपौवा आयल स्टोर्स रानीपौवा, न्यू विवेक पेट्रोलपम्प नयाँबजार, बिएस पेट्रोलपम्प छोरेपाटन, विश्वास आयल स्टोर्स मालेपाटन, लान्द्रुक पेट्रोलपम्प हरिचोक, सशस्त्र प्रहरीको कालिका पेट्रोलपम्प मालेपाटन, गण्डकी आयल स्टोर्स अमरसिंहचोक र जुपिटर पेट्रोलपम्प बिजयपुरमा पेट्रोल वितरणको ब्यबस्था गरिएको पश्चिमाञ्चल पेट्रोलियम एशोसियसनका महासचिव राजेन्द्र गोंगजुले जानकारी दिए ।

यसैबीच, आजदेखि पेट्रोल वितरण शुरु गरेका पेट्रोल पम्पहरुले स्कुटरलाई ३ सय, मोटरसाइकललाई ५ सय, कारलाई १ हजार र ट्याक्सीलाई एक हजार पाँच सय रुपैयाँको तेल दिने गरेका छन् । आपतकालिन समय भएकाले तोकिएको मात्राभन्दा बढी तेल मागेर विवाद नगर्न एशोसियसनले सर्वसाधारण सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment