Comments Add Comment

अवकाशकै दिन ६५ म्यानपावर खारेजीको निर्देशन

Bharat-Raj-Subedi-Final१८ असोज, काठमाडौं । शुक्रबार अवकाश लिएकै दिन वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक भरतराज सुवेदीले ६५ म्यानपावर एजेन्सी खारेज गर्न उजुरी तथा अनुसन्धान शाखालाई ठाडो निर्देशन दिएका छन् । उनले उमेर हदका कारण अवकाश लिएका हुन् ।

सुवेदीद्वारा हस्ताक्षरित पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सिफारिस गरेका ४७ र विशेष अदालतमा विचाराधीन १८ म्यानपावर एजेन्सीलाई खारेज गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ (ङ) मा नियमविपरीत कुनै कार्य गरे इजाजत खारेज गर्न सक्ने व्यवस्था रहेको कारोबारमा खबर छ ।

तर, इजाजत रद्द गर्नुअघि सम्बन्धित एजेन्सीलाई सफाइ पेस गर्न मौका दिनुपर्ने व्यवस्था पनि ऐनमा छ । यही व्यवस्थाका कारण शाखा अप्ठ्यारोमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment