Comments Add Comment

एनआरएन उम्मेदवारहरूको मुद्दा खाडी केन्द्रित

रामप्रसाद ढुंगेल 

यूएर्इ ।  गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलन नजिकिदै गर्दा विश्वका विभिन्न देशमा रहेका एनआरएनकर्मीहरुले आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा जुटिरहेका छन् ।

nrna_logo_latest-6 (1)मध्यपूर्वमा एनआरएनको लहर बढेसँगै उम्मेदवारहरुले निर्वाचित हुनका लागि मध्यपूर्वका मतलाई निकै महत्वका साथ हेर्न थालेका छन् । यूरोप र अमेरिकी देशहरुबाट मात्र होइन, मध्यपूर्वका देशहरुबाट पनि अध्यक्ष, उपाध्यक्ष लगायत महत्वपूर्ण पदहरुमा उम्मेदवारका आकांक्षीहरु बढिरहेका कारण आगामी विश्व सम्मेलनमा खाडीका मुद्दा, मत, उम्मेद्वारको महत्व बढ्ने निश्चित छ ।

विश्वभरिका एनआरएनका अधिकांश आकांक्षीहरुले आफ्ना प्रतिबद्धतामा खाडीका मुद्दालाई निकै महत्वका साथ समावेश गरेका छन् । एनआरएनको चहलपहल सबैतिर बढिरहेको छ । विश्वका अन्य मुलुकका तुलनामा खाडी मुलुकको समस्या निकै जटिल बनेकाले यसतर्फ नै आफ्नो ध्यान केन्द्रीत हुने महिला उपसंयोजक पदमा इजरायलबाट उम्मेदवार घोषणा गरेकी भगवती बस्नेत बताउँछिन् ।

खाडी मुलुकमा अझ बढी महिलाहरुको समस्या जटिल बनेको उनी बताउँछिन् । वैदेशिक रोजगारमा आएका महिलाहरुको समस्यालाई पनि आफूले उठन गर्ने बस्नेतको भनाइ छ । बस्नेत जस्तै एनआरएनको नयाँ कार्यकालका लागि उम्मेदवार घोषणा गरेका अधिकांशले खाडी मुलुकका समस्याहरु निकै जटिल रहेको भन्दै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको भन्दै खाडीको सुधारका योजनाहरु अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment