Comments Add Comment

भारतको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय नीति विपरीत : प्रचण्ड

prachanda२० असोज, विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले गरेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय कानून विपरीत भएको भन्दै चाँडो खोल्न आग्रह गरेका छन् ।

इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने-‘भारतको यो अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय नीति विपरीत छ । भूपरिवेष्टित राष्ट्रको पारबहन नीति पनि भारतले मिचेको छ । जति सक्दो चाँडो समस्या समाधान गर्न भारतले भूमिका खेल्नुपर्छ ।’

अघोषित नाकाबन्दी खुलाउने विषयमा सरकारले कूटनीतिक पहल भइरहेको बताउँदै सरकारले गर्नुपर्ने जति काम नगरेको बताए । जनताको मर्म र भावना अनुसार सरकारले अघि बढेर समस्या समाधान गर्नुपर्ने प्रचण्डको भनाई छ ।

नाकाबन्दी नेपाल र भारत दुवैको हीतमा नभएको भन्दै प्रचण्डले दसैं तिहारको बेलामा भएको नाकाबन्दीले नेपालीको मनमा ठेस पुगेको बताए ।

नयाँ सरकार गठन कसरी हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले विगतमा भएको १६ बुँदे सहमति अनुसार अघि बढ्नुपर्ने बताए । उनले भने-‘प्रमुख दलका शीर्ष नेताहरुले गरेको १६ बुँदे सहमति अनुसार नयाँ सरकार गठन गरिनुपर्छ । नयाँ सरकारमा नेपाली कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी दलको पनि सहभागिता हुनुपर्छ । पहिले केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएपनि अबको परिस्थिति अनुसार सहमतिमा नयाँ प्रधानमन्त्री बनाउनुपर्छ । दलहरुबीच सहमति भए हामी त्यसलाई स्वीकार गछौं ।’

एमाओवादीले भने सरकारमा कुनै मन्त्रीकेा पद नताक्ने प्रचण्डले बताए । आफूहरुको खराब समय चलिरहेकाले अहिले पदमा नबसी सरकारलाई सहयोग गर्ने प्रचण्डको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment