Comments Add Comment

सहकारीद्वारा व्यावसायिक बङ्गुर फार्म सञ्चालन

२५ असोज, खोटाङ । जिल्लाको नेर्पास्थित निरौली कृषि सहकारी संस्थाले व्यावसायिक बङ्गुरपालन सुरु गरेको छ । स्थानीय युवाको सक्रियतामा सहकारी संस्था स्थापना गरेर उन्नत तथा रैथाने जातको बङ्गुर÷सुँगुरपालन व्यवसाय सुरु गरेको हो ।

Bangur-7सहकारीका सचिव पवन राईका अनुसार हेमसायर, पाख्रीबास, ड्युरोक, हेमसायर–पाख्रिबास मिक्स, ड्युरोड पाख्रिबास मिक्स, पुँडीलगायत जातका २५ वटा बङ्गुर÷सुँगुर लगाइएको छ । पाठा उत्पादनका लागि दुई भाले (बुचो), नौ पोथी (माउ भुनी) र अन्य मासुका लागि ल्याइएको छ ।

‘आगामी वैशाखसम्ममा ६० वटा पु¥याउने तयारीमा छौँ’ उनले भने । नेर्पा–६ का ३६ जना सेयरधनी रहेको सहकारीले बङ्गुर÷सुँगुरपालनका लागि रु १९ लाख खर्च गरिसकेको जनाइएको छ । आगामी छ महिनादेखि बङ्गुरले पाठा दिन थाल्ने राईले बताए ।

सहकारीले विसं २०७१ पुसबाट खोरको काम सुरु गरेर २०७२ साल वैशाख २८ गते पाठा लगाएको थियो । व्यावसायिक रुपमा सुरु गरिएको फार्ममा स्थानीय एक युवालाई रोजगारीसमेत दिइएको जनाइएको छ ।

जिल्लामा उत्पादित बङ्गुरले बजार पाउन थालेपछि विभिन्न गाविसका कृषकसमेत बङ्गुरपालन व्यवसायप्रति आकर्षित भएका छन् । प्रतिकिलो  २ सय ५० रूपैयाँमा बिक्री हुने बङ्गुरको मासु जिल्लाको विभिन्न ठाउँमा गरी हप्तामा २ हजार ५ सय क्विन्टल बिक्री हुने गरेको बङ्गुर व्यवसायी सङ्घका सचिव हेमविक्रम राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment