Comments Add Comment

राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी

Bidhya and kulbahadur and naryan (1)

१० कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।

एमालेकी विद्या भण्डारी, नेमकिपाका नारायण महर्जन र कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रपति चयनका लागि भोलि संसदमा गोप्य मतदान हुनेछ ।

सत्तारुढ दलहरुको समर्थन भएकाले एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना प्रवल छ । भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् ।

भण्डारीले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी राष्ट्रिय एकताको संरक्षणका लागि भएको प्रतिक्रिया दिएकी छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।

सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसेपनि नेमकिपाले राष्ट्रपतिमा छुट्टै उम्मेदवारी दिएको हो । महर्जनको प्रस्तावकमा नेमकिपाका सांसद प्रेम सुवाल छन् भने समर्थकमा डिल्लीप्रसाद काफ्ले छन् ।

कीर्तिपुरका महर्जन गैर सांसद हुन् । राष्ट्रपतिमा आम सर्वसाधारणले पनि उम्मेदवारी दिन सक्छन् तर, प्रस्तावक र समर्थक सांसद चाहिन्छ ।

तेस्रो उम्मेदवार कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ बने । उनको प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह र समर्थकमा कृष्ण सिटौला छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरुङले दलहरुबीच सहमतिको सम्भावना रहेको भन्दै सहमति हुँदा आफ्नो नाममा हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment