Comments Add Comment

दलहरुलाई प्रधानमन्त्रीको दिवाभोज, सीमांकनमा सरकार खुला : ओली

Top-three-leader

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशहरुको सीमांकनबारे सरकार खुला रहेको बताएका छन् ।

संविधान जारी, नयाँ सरकार गठन, सभामुख, उपसभामुख र राष्ट्रपति निर्वाचनको अवसरमा ओलीले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र सांसदहरुलाई बालुवाटारमा दिवाभोज आयोजना गरेका थिए । दिवाभोजमा प्रमुख दलका शीर्ष नेताहरु समेत उपस्थित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता र सीमांकनबारे सरकार खुला रहेको बताए । उनले विभिन्न पक्षको माग सम्बोधन गर्न पनि सरकार तयार रहेको बताएको ओलीको निजी सचिवालयले जनाएको छ ।

सरकार सहमतिका साथ अघि बढ्न तयार रहेको भन्दै ओलीले आन्दोलनरत दलहरुलाई वार्तामा आउन आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment