Comments Add Comment

सम्पत्ति शुद्धीकरणको ‘निगरानी’ मा ग्यास उद्योगी

Gas distribution (5)

१७ कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अधिकांश ग्यास उद्योगीहरुलाई निगरानी राख्न थालेको छ । ग्यासमा कालोबजारी गरी अकूत सम्पत्ति कमाएको भन्ने उजुरी परेपछि विभागले उद्योगीहरुलाई निगरानीमा राखेको हो ।

‘गत माघमा अहिलेको जस्तै ग्यासको चरम संकट उत्पन्न भएको थियो । तर, त्यसबेला भारतबाट ग्यास आपूर्तिमा कुनै अवरोध भएको थिएन ।’ विभागका महानिर्देशक केवलकृष्ण भण्डारीले अनलाइनखबरसँग भने- त्यही समयदेखि हामीले सबै उद्योगीहरुका बारेमा सूचना संकलन गरिरहेका छौं ।’

ग्यासमा कालोबजारी भएको भन्दै उपभोक्ताहरुले वाणिज्य विभाग र जिल्ला प्रसासन कार्यालयमा उजुरी दिएका छन् । विभाग र प्रशासनले पनि उद्योगी र व्यवसायीहरुमाथि छानविन गरिरहेको छ ।

‘व्यवसायीहरुले कालोबजारी गरेको भन्दै वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयले कारवाही थाल्ने निर्णय गरेलगत्तै अब हामी अनुसन्धान थाल्छौं,’ महानिर्देशक भण्डारीले भने ।

नेपाल आयल निगमले दिने डिलरको कमिशन र डिलरसम्मको ढुवानी भाडाबापतको रकम पनि उद्योगीहरुले गैर कानूनीरुपमा लिँदै आएको विभागको आरोप छ ।

त्यस्तै केही उद्योगीहरुले कृत्रिम अभाव खडा गरी एउटै सिलिण्डरको ६/७ हजार रुपैयाँ लिएर बेच्ने गरेको भन्दै उजुरीहरु परेको बताइएको छ ।

सुरक्षाको कारण देखाउँदै डिलरलाई नदिई उद्योगीहरुले उद्योगबाटै ग्यास बिक्री गरेपछि सरकारी निकायले ग्यास उद्योगीमाथिको निगरानी थप बढाएका हुन् ।

गैरकानूनीरुपमा कमाएको सम्पत्तिलाई कानूनी दायरामा ल्याउन नदिनु र आतंकवादी गतिविधिमा पैसाको लगानी हुन नदिनु सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को मुख्य उद्देश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment