+
+

दुनियाका केही अनौठा अन्धविश्वास

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते ९:२७

Black-Catहामीकहाँ बिरालोले बाटो काटेको अशुभ अर्थात् अपशकुन मानिन्छ । यात्राका क्रममा बिरालोले बाटो काट्यो भने साइत पर्दैन भन्ने चलन छ । त्यस्तै हिड्न बेलामा हाछ्युँ आउनु, चराले टाउकोमा विष्ट्याउनु लगायतलाई पनि अपशकुन मान्ने चलन छ ।

यस्तो चलन हाम्रोमा मात्र होइन, दुनियाभरमै हुने गर्छ । मात्र, के लाई अपशकुन मान्ने भन्ने कुरामा भिन्नता होला । विश्वका विभिन्न ठाउँहरुमा प्रचलित यस्ता अपशकुन मानिने अनौठा केही अन्धविश्वासहरु यस्ता छन् :

  • कतिपय देशमा एउटा सलाई वा लाइटरले एकैपटकमा तिनवटा चुरोट सल्काउनुलाई अपशकुन मानिन्छ । यो मान्यता पहिलो विश्वयुद्धको समयदेखि नै प्रचलित रहेको छ । तर कतिपयले भने सलाइ कम्पनीहरुले आफ्नो व्यापार बढाउन यस्तो हल्ला फैलाएको पनि आरोप लगाउने गरेका छन् ।
  • काठको भर्यांगको मुनिबाट छिरेर हिड्नुलाई पनि अशुभ मानिन्छ । गाह्रोमा ठड्याएको भर्यांगले त्रिकोण आकार बनाउँछ, जुन आकारलाई इशाइहरुले पवित्र मान्दछन् । यस्तो आकारबाट छिर्नु हुँदैन भन्ने मान्यता छ ।
  • चिहानको नजिकबाट हिड्दा आँखा बन्द गरेर तथा सास रोकेर हिड्नुपर्छ, नत्र अशुभ हुन्छ ।
  • ऐना फुट्नुलाई अशुभ मानिन्छ । आफुले प्रयोग गर्ने गरेको ऐना फुटेमा सात वर्षसम्म दुर्भाग्यले सताउँछ भन्ने चलन छ । अझ फुटेको ऐना त हेर्नै हुन्न भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?