Comments Add Comment

राष्ट्र बैंकका गभर्नरलाई एमाले समर्थित कर्मचारीले कार्यालयमै थुने

Chiranjibi-Nepal, Governer of Nepal

पुष्प दुलाल

२ मंसिर, काठमाडौं । तलब-भत्ता तथा सेवा-सुविधा ५० प्रतिशतले बढाउनु पर्ने लगायतका ३७ बुँदे आन्दोलन गरिरहेका राष्ट्र बैंकका एमाले समर्थित कर्मचारीले गभर्नरलार्इ बुधबार राती साढे ८ बजेसम्म पनि कार्यालयबाट निस्किन दिएका छैनन् ।

गभर्नर कार्यालको बाहिरपट्टी धर्ना दिँदै अाएका केही कर्मचारीहरूको अबरोधका कारण गभर्नर डा. चिरञ्जीबीन नेपाल राती साढे ८ बजेसम्म पनि कार्यालयबाट निस्किएर घर जान पाएका छैनन्।

‘कर्मचारीको धर्नाका कारण अहिलेसम्म पनि कार्यालयबाट निस्कन पाएको छैन ।’ राति साढे ८ बजे अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै गभर्नर नेपालले भने- ‘केन्द्रिय बैंकजस्तो संवेदनशील निकायमा कर्मचारी अवरोधका कारणा काम गर्ने वातावरण नै बिग्रिएको छ ।’

अन्य दिन कार्यालय समयसम्म मात्रै धर्ना दिँदै आएका कर्मचारीले बुधबारदेखि भने माग पुरा नगरेसम्म गभर्नरलाई काहीँ गएपनि नछाड्ने भन्दै कार्यालयबाट निस्कनै नदिएका हुन् ।

भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले मुलुक थलिएका बेला सामान्य मानवीय सम्वेदनाकोसमेत हेक्का नगरी तलब, भत्ता तथा भ्रमण भत्ता ५० प्रतिशत बढाउनुपर्ने लगायतका स्वार्थी माग राख्दै संघले आन्दोलन चर्काएको हो ।

यो पनि पढ्नुहोस्अाफ्नै प्रधानमन्त्रीको धज्जी उडाउँदै राष्ट्र बैंकका एमाले

एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले भदौ अन्तिमसातादेखि धर्ना दिँदै आएका थिए । एमाले नेतृत्वको सरकार गठन भएपछि कर्मचारीहरुले आन्दोलनलाई कठोर बनाएका हुन् । अझ प्रधानमन्त्री केपी अोलीले नियमित ८ घन्टा परिणाम देखाउने गरी काम गर्न सरकारी कर्मचारीलार्इ निर्देशन दिएकै दिनदेखि राष्ट्र बैंकका कर्मचारीहरूले कामै छाडेर धर्ना दिन थालेका हुन् ।

संघले मधेसी मोर्चाको शैलीमा गाडी रिजर्भ गरेर गभर्नरको कार्यालय घेराउ गर्न राष्ट्र बैंकका विभिन्न कार्यालयहरूबाट कर्मचारी अोसार्दै अाएको छ ।

गभर्नर नेपाललार्इ गत चैत ७ गते सुशील कोइराला नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

यस्ता छन् मागहरू

-पत्रपत्रिका खर्च बढाउनु पर्ने ।
-घरभाडा सुविधा बृद्धि गर्नु पर्ने ।
-खाजा खर्च ५० प्रतिशतले बढाउनु पर्ने ।
-भ्रमण तथा पोशाक भत्ता ५० प्रशितले बढाउनु पर्ने ।
-टेलिफोनको विल राष्ट्र बैंकले नै तिरिदिनु पर्ने ।
-गाडी किन्न १५ लाख सापट दिनुपर्ने ।
-घर किन्न ३० लाख सापट दिनुपर्ने ।
-जागिर छोड्दा एकमुष्ट ६५ महिनाको तलब दिनुपर्ने ।
-सुविधामा लाग्ने करहरु राष्ट्र बैंकले नै तिरिदिनु पर्ने ।
-सुत्केरी बिदा बढाउनुका साथै शिशु स्याहार खर्च दिनुपर्ने ।
-सञ्चय कोष सुविधा बढाउनु पर्ने ।
-उपत्यकाभित्र सबै कर्मचारीलाई पायक पर्ने अतिथि गृह बनाउनुपर्ने ।
-बढुवाको व्यवस्था पारदर्शी बनाउनु पर्ने ।
-विदेश भ्रमण र तालिममा विभेद गर्न नहुने ।
-राष्ट्र बैंक ऐनको संशोधन गर्नुपर्ने ।
-भूकम्पबाट क्षति भएका केन्द्रीय बैंकका भवन पुनर्निर्माण गर्नुपर्ने ।
-नियमन र सुपरिवेक्षणका क्षेत्रमा कमजोरी सुधार गर्नुपर्ने ।
-ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment