Comments Add Comment

रौतहटमा छोराले आमा र बहिनीको हत्या गरे

Rautahat-Dharampur

६ मंसिर, गौर । रौतहटको धरमपुर ९ मा धनारी टोलमा एक व्यक्तिले आमा र बहिनीको हत्या गरेका छन् । स्थानीय नन्दकिशोर यादवले आमा ४५ वर्षीया रामकलीदेवी यादव र बहिनी १४ वर्षीया अनिताकुमारी यादवको हत्या गरेका हुन् ।

आइतबार विहान साढे १० बजेतिर टायर गाडा चढेर वागमती नदी किनारमा बदम खन्न जाँदै गरेकाबेला नन्दकिशोरले घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

हत्याको कारण खुलेको छैन । नन्दकिशोर हत्यापछि फरार छन् । उनको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नन्दकिशोरको मानसिक अवस्था ठीक नभएको पत्ता लागेको डिएसपी पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment