Comments Add Comment

त्रिशुलीमा र्‍याफ्टिङ प्रतियोगीता हुँदै

Kayak-challange

६ मंसिर, काठमाडौं । नेपाल एशोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले त्रिशुलीमा चौधौं ‘हिमालय हृवाइट वाटर च्यालेञ्ज’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यही मंसिर ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कायकर्स तथा जजहरु आउने नाराले जानकारी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाराका अध्यक्ष चन्द्र बहादुर दाहालले २० भन्दा बढी राष्ट्रबाट प्रतियोगितामा सहभागिता रहने बताए ।

विशेषगरी प्रतियोगितामा अष्ट्रेलिया, क्यानडा, अमेरिका, जर्मनी, नर्बे, युके, आइल्यान्ड, इन्डिया, चाइना, मलेसिया, होल्याण्ड, पोल्याण्ड, भुटान, कोरिया, जापान लगायत आउने भएका छन् ।

वैशाखमा गएको विनाशकारी भूकम्पपछि पनि नेपालको साहसिक जलयात्रा सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन प्रतियोगिता आयोजना गरेको नाराको भनाई छ । १६ वटै नदिमा सकुशल र सुरक्षित तरिकाले जलयात्रा गर्न सकिने सन्देश अन्तर्राष्ट्रिय जगतमा पुग्ने नाराले विश्वास लिएको छ ।

नेपालमा साहसिक जलयात्रा ब्रान्डको रुपमा विकास भएको छ । उच्च हिम श्रृङ्खलाबाट बाह्रै अभिरल बगिरहने साना ठूला गरी ६ हजार नदिनालाहरु रहेका छन् । जसमध्ये १६ वटा नदिमा सरकारले र्‍याफ्टिङका लागि खुल्ला गरेको छ ।

खासगरी त्रिशुली, भोटेकोशी, कालिगण्डकी, बुढिगण्डकी, महाकाली, सेती, तामाकोशी, सुनकोशी लगायतका नदि र्‍याफ्टिङका लागि प्रख्यात रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment