Comments Add Comment

नाकाबन्दीविरुद्ध चलचित्रकर्मी सडकमा उत्रिए (फोटो फिचर र भिडियोसहित)

karisma-in-jagaran-aviyan
भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध चलचित्रकर्मीले ‘राष्ट्रिय जागरण अभियान’को आयोजना गरेका छन् । काठमाण्डौको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर सकिएको थियो ।

‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’को आयोजनामा गरिएको कार्यक्रममा चलचित्रदेखि टेलिभिजनमा काम गर्ने कलाकर्मीहरुको उपस्थिती थियो ।



चलचित्रकर्मीले नाकाबन्दी लगाउन पाइदैन, सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार, हाम्रो मान हाम्रा सान, राष्ट्रिय अभियान’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी तत्काल खोलिनुपर्ने उनीहरुको भभनाई थियो ।ramesh-budathoki

यो र्‍यालीमा कसैले चर्का चर्का नारा लगाएनन् । चलचित्रकर्मीले शान्त रुपमा र्‍यालीमा सहभागी भए र विरोध जनाए । र्‍यालीमा नेपाली चलचित्रका पुरानादेखि नयाँ कलाकार, हाँस्य कलाकारदेखि सांगीतिक क्षेत्रका कलाकर्मी, निर्देशक, निर्माता, प्राविधिक लगायतको उपस्थिती थियो ।
komal-oli-in-jagaran-aviyan
र्‍यालीमा पुराना कलाकार भूवन चन्द, बसुन्धरा भुषाल, लक्ष्मी गिरीदेखि करिश्मा मानन्धर, रेजिना उप्रेती, दीपाश्री निरौला, दीपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, किरण केसी उपस्थित थिए । यस्तै, हरिहर शर्मा, रमेश वुढाथोकी, कोमल वली, रमेश उप्रेती, नवल खड्का, केपी पाठक लगायतका चलचित्रकर्मी पनि उपस्थित थिए ।
jagaran-aviyan-2
चलचित्र क्षेत्रका सयौ कलाकार, प्राविधिकदेखि निर्माता, निर्देशक पनि भारतले लगाएको नाकाबन्दीको विरुद्धमा सडकमा देखिए । नेताले भन्दा आफूहरुले भनेको जनताले सुन्ने भएकाले यो अभियान प्रभावकारी हुने उनीहरुको भनाई थियो ।

kalakar-jagaran-aviyan-3

kalakar-jagaran-aviyan-1dhurmus-dipak-and-suntali laxmi-sitaram-and-kunjanaतस्बिर:कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment