Comments Add Comment

ओली र प्रचण्डलाई लोकेन्द्र विष्टको प्रश्न- के तपाईंहरु विरालो हो ?

lokendra-bista-magar_new९ मंसिर, काठमाडौं । राजनीतिबाट निष्कृय भई कृषि कर्ममा सकृय भएका पूर्वमन्त्री लोकेन्द्र विष्टले नाकाबन्दीका कारण राष्ट्र संकटमा परेकाबेला प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले सहि भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा पत्र बुझाएर काभ्रेमा कालो धानको व्यवसायीक खेती गर्दै आएका विष्टले भाषणमात्रै गर्दै हिँडेको तर काम गरेर नदेखाएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रश्न गरेका छन्, ‘मेरो पार्टीका अध्यक्ष तथा देशका सबभन्दा अग्ला नेता क. प्रचण्ड र राज्य (सरकार) का नेता (प्र.म.) के.पी. ओली ज्यू, तपाईंहरु किन म्याउँम्याउँ गर्नुहुन्छ ? के तपाईंहरु बिरालो हो ? तपाईंहरु गर्जिनु पर्ने कि मरेको स्याल जस्तो लत्रिने ?’

वाईसीएल, युवासंघ कता गए ?

देश अप्ठेरो परिस्थितिमा परेकाबेला नेतृत्व तहले गर्नुपर्ने भूमिका नगरेको र युवा शक्तिहरुलाई परिचालन नगरेकामा पनि विष्टले आक्रोश पोखेका छन् । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि देशको पार्टी हो की होइन भनेर प्रश्न राखेका छन् ।

‘तपाईंहरुले गर्नुपर्ने के के हो ? म र म जस्ताले यो संगीन घडीमा राष्ट्रका लागि खेल्नुपर्ने भूमिका के हो ? के तपाईंहरु एक्ला एक्लै हो ? होइन, साथमा कोही छन् भने ती कहाँ छन् र के गरिरहेकाछन् ? वाईसीएल र युवा संघ कता गए ?’ विष्टले लेखेका छन्, ‘के ने.का. यो देशको पार्टी होइन ? हो भने त्यसको मातहतमा रहेको तरुण दल खोइ त ? !’
उनले सरकार र पार्टीको नेतृत्वमा बसेर भाषण गरेर नपुग्ने भन्दै शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले नेताहरुलाई कुरा होइन काम गरेर देखाउन सुझाव दिएका छन् । आफूहरु देश र जनताका लागि मर्न पनि तयार रहेको भन्दै विष्टले चुपचाप बस्नुको कारणको जवाफ दिनसमेत भनेका छन् ।

देशका लागि मर्न तयार

‘आदरणीय नेता ज्यूहरु, के सत्ता र पार्टीको आसनमा बसेर राशन मारिकन भाषण गरेर मात्र पुग्ला त ? ठीक छ, ती आसनमा तपाईंहरु नै बस्नोस्, राशन पनि मार्नोस्, भाषण पनि गर्नोस् तर त्यसभन्दा ज्यादा काशन (कार्यान्वयन र कमाण्ड) गर्नोस्,’ तत्कालीन जनमुक्ति सेनाको चौथो डिभिजन कमिसार समेत रहेका विष्टले लेखेका छन्, ‘हामी देश र जनताका लागि मर्न तयार छौं ।’

विष्टले शीर्ष ओली र प्रचण्डलाई प्रश्न गरेका छन्, ‘के तपाईंहरु काशन र कमाण्ड गर्न सक्नुहुन्छ ? हिम्मत छ छातीमा ? भन्नोस् अब के हो कता हो ? किन चुपचाप, सुतेको कि, आराम गर्या कि, मोज गर्या कि, मतलव नगर्या ? जनतालाई तु. जवाफ चाहियो ! चाहियो !! चाहियो !!!

Lokendra-Bista

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment