Comments Add Comment

लौ आयो वाइफाइ भन्दा १०० गुणा छिटो चल्ने ‘लाइफाइ’

प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि (लाइ फाइ) को इस्टोनियामा सफल परिक्षण भएको छ ।

Light-Bulbलाइ फाइले अहिले प्रयोगमा आइरहेको वाइ फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने देखिएको छ । यो प्रविधिको प्रयोग गर्न चाहिन्छ एउटा बत्ति र एउटा ‘फोटो डिटेक्टर’ ।

प्रविधिको प्रिक्षण गर्ने कम्पनी भ्लेमेन्नीले लाइ फाइको प्रयोग गरेर १ जिबि पिएस सम्मको गतिमा इन्टरनेट प्रयोग गरेको जनाएको छ ।  प्रयोगशालामा भएका परिक्षणहरुले यो गति २२४ जिबि पिएस सम्म पुर्याउन सक्ने देखाएको छ ।

कम्पनीका सिइओ दिपक सोलङ्कीले भने, ‘यो प्रविधि ३-४ वर्षमा सामान्य प्रयोगकर्ता माझ आउने छ ।

वाइ फाइको तुलनामा लाइ फाइले रेडियो वेभहरुसँग अन्तरक्रिया गर्दैन र यसको गति लाइटको गति बराबरको हुन्छ ।

तर यसलाई घर बाहिर भने प्रयोग गर्न सकिने छैन किन भने त्यहाँ सूर्यको अत्याधिक प्रकाश हुन्छ । लाइ फाइको अर्को बेफाइदा भनेको यसका तरङ्गले भित्ता वार पार गर्न सक्दैनन् । तर पनि धेरै भिडभाड हुने स्थानहरुमा वाइ फाइको ब्याकअपका रूपमा यसलाई प्रयोग गर्न सकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment