Comments Add Comment

चेल्सीले माउरिन्होको भविश्यबारे छलफल गर्ने

Jose-Mourinho

१ पुस, काठमाडौं । इंग्लिस क्लब चेल्सीले प्रशिक्षक जोसे माउरिन्होको भविश्यबारे छलफल गर्ने भएको छ ।

लण्डनको क्लबको बोर्ड अफ डाइरेक्टर्समा यसबारे छलफल हुने भएको बीबीसीले जनाएको छ । यो सिजन खराब प्रदर्शन गरेको चेल्सीका प्रशिक्षक माउरिन्होको भविश्यमाथि लगातार प्रश्न उठ्दै आएको छ र, पछिल्लो पटक लिसेस्टरसँग हारेपछि माउरिन्हो थप दबावमा परेका छन् ।

च्याम्पियन चेल्सीले लिगमा खेलेको १६ मध्ये नौ हार व्यहोरेको छ र रेलिगेशनबाट एक अंकले मात्र माथि छ । अब चेल्सीले शनिबार सण्डरल्याण्डसँग घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्नेछ ।

प्रशिक्षक माउरिन्हो दोस्रो पटक चेल्सी सम्हालिरहेका छन् । र, उनको क्लबसँगको सम्झौता साढे ३ वर्ष बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment