+
+

चलचित्रकर्मीको रोजाइमा रिस्ता र सलोनको जोडी ? तर, दर्शकको….

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १०:३८

rista-basnet
नायिका रिस्ता बस्नेतले अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल’ले राम्रो व्यापार गर्दा उनले त्यसको क्रेडिट पाइनन् । तर, रिस्ताका लागि चलचित्रको सफलता नै शुभ सावित भयो । उनले लगातार एकपछि अर्को चलचित्रमा अभिनय गर्ने मौका पाइन् । तर, रिस्ताका लागि ती चलचित्रको व्यापार सुखद बनेन ।

रिस्ता बस्नेत जस्तै छ, नायक सलोन बस्नेतको करिअर पनि । उनी पनि ‘होस्टेल’बाटै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनले पनि यो चलचित्र पछि सफलताको स्वाद चाख्न पाएका छैनन् । चलचित्रकर्मीकै छोराछोरी रहेका रिस्ता र सलोनको जोडीलाई भने चलचित्रकर्मीले मन पराएका छन् । यसैले पनि यी दुइलाई लिएर एकपछि अर्को चलचित्र निर्माण भैरहेको छ । समुनन्द्र भट्टले निर्देशन गरेको चलचित्र ‘आधा पेज’ पनि यी दुई जोडीमा निर्भर छ ।

पौष १० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा रिस्ता र सलोनको प्रेम, रोमान्स, कमेडी देखाइएको छ । सलोन यो चलचित्रमा पनि प्ले ब्वाइको भूमिकामा छन् । तर, चलचित्रको ट्रेलर हेर्दा उनलाई रिस्ताको प्रेमले परिवर्तन गर्न सक्छ । अर्को सातादेखि हलमा लाग्ने यो चलचित्रको व्यापारले रिस्ता र सलोनको जोडीलाई त फाइदा पुग्छ नै, असफलताको तितो स्वादबाट यी दुइले पनि मुक्ती पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?