Comments Add Comment

‘शकुन्तला’मा महिलाकाे भेषमा राजेश हमाल, बाहिरियो यस्तो तस्बिर

sakuntala-hamal
एउटा यस्तो तस्बिर, जसले नायक राजेश हमाल अभिनित चलचित्र ‘शकुन्तला’को कहानी खोल्न सक्छ । पत्रकार सम्मेलनमा नायक राजेश हमालले चलचित्रको शिर्ष पात्र पुरुष वा महिला जो पनि हुन सक्ने भन्दै कुरा लुकाएका थिए ।

तर, चलचित्रको छायांकन स्थलबाट बाहिरिएको एउटा तस्बिरले धेरै अर्थ राख्छ । दिनेश श्रेष्ठको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायक हमाल महिलाको भेषमा देखिएका छन् । सारी लगाएर लामो कपाल पालेका हमालको यो गेटअपलाई देख्ने वित्तिकै भन्न सकिन्छ, चलचित्रमा ‘शकुन्तला’ को भूमिका राजेश हमालले नै निर्वाहा गरेका छन् ।

चलचित्रमा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारको पनि अभिनय छ । पत्रकार सम्मेलनमा अनु र राजेशले ‘शकुन्तला’ को भन्नेमा कुरा लुकाएका थिए । सस्पेन्स कथामा तयार भैरहेको यो चलचित्रमा हमालको गेटअप देखेर धेरै कुरा वुझ्न त सकिन्छ नै, चलचित्रप्रति दर्शकको कौतुहलता पनि बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment