+
+

उपत्यकाका सबै फुटसल प्रहरीले बन्द गरायो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १७:३५

Footsal opening at Budhhanagar by paras Khadka (8)

३० पुस, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा सञ्चालित ५१ वटा फुटसल बन्द गराएको हो । रमाइलोका लागि खेलिने फुटसल पछिल्लो समय काठमाडौंमा युवाहरुमाझ निकै लोकपि्रय बनेको थियो ।

तर, छिमेकी तथा अभिभावकको उजुरीका आधारमा बन्द गरिएको प्रहरीले बताएको छ । ‘छिमेकीले होहल्ला भो भनेर उजुरी गरे । अभिभावकले मनपरी शूल्क भो भनेर उजुरी गरे’ परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने-‘सचेत युवाहरुले विकृति देखियो भनेर पनि उजुरी गरेका छन् ।’

उनका अनुसार अब प्रहरीले बन्द गरिएका फुटसलहरु दर्ता भए नभएको, आचार संहिता हुन नहुने लगायत हेर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?