Comments Add Comment

७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्छ : प्रचण्ड

३ माघ, धनगढी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ नम्बर प्रदेशको सीमांकन हेरफेर हुनसक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसी र थारुहरुसँग नयाँ सहमति गर्न सीमांकन हेरफेर हुने बताए ।

Prachand,-Lekhraj-and-Naray
पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्ड, ७ नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्ट र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । तस्वीर सौजन्य : प्रचण्डको सचिवालय

कैलाली र कन्चनपुरको थारु बाहुल्य क्षेत्रको सीमांकन हेरफेर गर्न सकिने उनको भनाइ छ ।

मधेसवादी दलहरुसँगको वार्ता सकारात्मक बन्दै गएकाले सोमबारसम्म लिखित सहमती हुने उनले जानकारी गराए ।

‘सीमांकन हेरफेर, संविधान संसोधन लगाएतका सबै बिषयमा आन्दोलनरत दलहरुको मागलाई दृष्टिगत गरेर सहमति खोज्ने प्रयास भईरहेको छ,’ प्रचण्डले भने, ‘हाम्रो पार्टीका महासचिव कमरेडलाई लचिलो भएर पेस हुन निर्देशन दिएको छु । सहमति भयो भने नाका खुल्छ ।’

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वन र भूकम्प पछिको पुनर्निर्माणका लागि सबै दल सम्मिलित राष्ट्रिय सहमतिको सरकार आबश्यक रहेको बताए । कांग्रेस नेताहरुसँग पनि राष्ट्रिय सरकार बनाउने बिषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment