Comments Add Comment

आङ खस्ने महिलाहरुका लागि’एक स्वीस फ्रान्क’ अभियान

बिजय शर्मा दर्पण

स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम स्विटजरल्याण्डले नेपालका ग्रामीण क्षेत्रका गरिब तथा विपन्न महिला आङ खस्ने (पाठेघर खस्ने) रोगबाट पीडित महिलाहरुको लागि, “एक ब्यक्ति एक स्वीस फ्रान्क” अभियान सुरु गरेको छ।

NRN-SWITZERLANDविपन्न महिलाहरुको आङ खस्ने रोग उपाचारका लागि। हरेक महिना, प्रति ब्यक्ति, एक स्वीस फ्रान्कका दरले सहयोग उठाउँने अभियान चलाईएको हो। यस अघि बेल्जियम,स्पेन,फ्रान्स,पोर्चुगल लगायतका देशहरुमा महिला फोरमले “एक ब्यक्ति एक युरो अभियान” चलाएर रकम जुटाउँदै आएको छ।

एनआरएनए महिला फोरम स्विटजरल्याण्डकी संयोजक शुभ एलमर लामाले बिज्ञप्ति जारी गर्दै अभियानमा सबैलाई साथ दिन अनुरोध गरेकी छन्। नेपालको ग्रामिण तथा सहरी भेगका महिलाहरुको रोगका कारण धेरैको अकालमै मृत्यु हुने र यौनाङ्गमा भएका रोग चिकित्सकलाई देखाउन लाज मान्ने र आवश्यक स्वास्थ्य सुविधा उपलब्ध नभएपछि अधिकांश महिला आङ खस्ने रोगको सिकार हुँदै आएकाले सहयोगका लागि अभियान सुरु गरिएको संयोजक लामाले बताईन्।
बाह्रै महिना काममा जोतिनु, गर्भवती अवस्थामा आराम गर्न नपाउनु, सरसफाइमा ध्यान दिन नसक्नुजस्ता कारणले पनि महिलामा सुत्केरीपछि आङ खस्नु र अन्य बाह्य रोगबाट सङ्क्रमण हुन परेकाले, स्विजरल्याण्डमा रहेका सहयोगी , मनकारीहरुलाई प्रति महिना १ फ्र्यांक सहयोग गरी अभियानमा साथ दिन अनुरोध गरिएको छ। प्रति महिना एक फ्र्यांक बुझाउन असजिलो भएमा एक बर्षको लागि एकमुष्ट र साथमा आफ्नो इच्छा बमोजिम थप गरेर सहयोग गर्न सकिने संयोजक लामा बताउँछिन्।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदकी महिला संयोजक सपिला राजभण्डारीलाई उदृत गर्दै बिज्ञप्तिमा भनिएको छ – नेपालमा ६०० महिलाहरुको स्वास्थ्य परिक्षण र त्यसमध्ये १०० महिलाहरुको अपरेसन भईसकेको छ, त्यसका लागि १० लाख ६० हजार रुपैयाँ खर्च लागेको छ ।’
फोरमकी सदस्य सम्झना थापाले आङ खस्दा वा सुत्केरी हुन नसक्दा स्वास्थ्य संस्थामा नजाने, उल्टै धामीझाँक्रीबाट झारफुक तथा अनुभव नै नभएका गाउँका सुडेनीबाट सुत्केरी अवस्थामा बच्चा निकाल्न लगाउनु जस्ता प्रवृत्तिले गर्दा अकालमा ज्यान गुमाउनु पर्ने हुँदा स्विसबासी नेपालीहरु सहयोग गर्न अपिल गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment