Comments Add Comment

‘प्रेमगीत’का प्रदिप भन्छन्-‘भूकम्पले मेरो करिअर परिवर्तन गरिदियो, नत्र विदेशमा हुन्थेँ'(कुराकानी)

pradeep-khadka-and-puja

चलचित्र क्षेत्रमा केही गर्छु भनेर ४ बर्षदेखि संघर्ष गरिरहेका कलाकार प्रदिप खड्का अहिले भने खुशी छन् । ४ बर्षदेखि आफूले देखेको सपना चलचित्र ‘प्रेमगीत’बाट पुरा हुन लागेकोमा उनी खुशी देखिए । चलचित्रको गीतसंगीत सार्वजनिक भएपछि प्रदिपको पनि चर्चा छ । उनै प्रदिपले अनलाइनखबरसँग कुरा गर्दै चलचित्र र आफ्नो करिअरको बिषयमा शेयर गरेका छन्

१. ‘प्रेमगीत’को चर्चा भैरहेको छ, एउटा कलाकारको नाताले कती खुशी हुनुहुन्छ ?
मलाई त ६ महिनाको प्रोजेक्ट भन्दा पनि ४ बर्षको मिहिनेतको पहिचान भएकोमा खुशी लागिरहेको छ । मानिसहरुले मलाई पहिचान गर्नुभएको छ, मेरो कामको मुल्यांकन गर्नुभएको छ, यसमा खुशी छु ।

२. ‘प्रेमगीत’मा काम गर्ने अवसर कसरी मिल्यो तपाइलाई ?
यो एउटा संयोग मात्र हो । भूँइचालोले फाइदा पुर्‍याएको मान्छेमा पर्छु म । मैले यहाँ धेरै मिहिनेत गरे । तर, अब भयो भनेर अष्ट्रेलिया एप्लाई गर्न खोजेको थिएँ । तर, भूँइचालोका कारणले गर्दा काम रोकियो । सोही समयमा यो चलचित्रको निर्माण यूनिटले नयाँ कलाकार खोजेको रहेछ । मैले रेडियो र टीभीमा अवसर पाएको खण्डमा गर्छु भनेर भनेको थिएँ । यो कुरा चलचित्रका निर्माता सन्तोष सेनले थाहा पाउनु भएको रहेछ । यसछि उहाँ र मेरो भेट भयो । अडिशनबाट मलाई छनोट गरिएको हो ।

३. यसको व्यापारले तपाइलाई कत्तीको प्रभाव पार्छ ?
हुनत, चलचित्रले व्यापार गर्न जरुरी छ । तर, दर्शक, समिक्षकले एउटा कलाकारको कामलाई मुल्यांकन गर्ने हो । मैले २८ टेक दिएर पनि उत्कृष्ट काम गर्ने कोशिश गरेको छु । दर्शकले मुल्यांकन गर्नुहुन्छ भन्ने लागेको छ ।

४. गीत चर्चामा रहँदा एउटा कलाकारलाई फाइदा हुँदोरहेछ कि घाटा ?
चलचित्र चल्नका लागि गीत मात्र चलेर हुँदैन । सुरुमा चलचित्रको शिर्ष गीत सार्वजनिक हुँदा मेरो कामलाई पनि रुचाइयो । तर, चलचित्रका सबै गीत बाहिर आउँदा दर्शक र चलचित्रकर्मीले मेरो कामको मुल्यांकन गर्नुभएको छ । यसैले, गीत चलेर मलाई घाटा हुन्छ जस्तो लाग्दैन ।

५. ‘प्रेमगीत’ भित्रको प्रदिप के हो ?
यो प्रेम र गीत नाम गरेका यूवायूवतीको प्रेमकथामा आधारित छ । चलचित्रमा मैले ‘प्रेम’को भूमिका निर्वाहा गरेको छु । प्रेमको आमा छ, उसको जीवनमा एउटा यूवती पनि जोडिएकी छिन् ।

६. चलचित्रको कथा नयाँ हो या हामीले हेरिरहेकी कथा हो ?
संसारमा जब प्रेमको कथा बन्छ, नयाँ कुरा पाउन गाह्रो हुन्छ । तर, हामीले भोगिरहेको र देखिरहेको बिषयलाई फरक तबरले प्रस्तुत गर्ने कुरा मुख्य हो । चलचित्रको कुनै पनि दृश्य कतै हेरे जस्तो दर्शकलाई लाग्दैन । हरेक दृश्य नयाँ र ताजा लाग्छन् । pradip-khadka
७. चलचित्रकी नायिका पूजा शर्मा र तपाइको जोडी कती सुहायो भन्ने  लाग्छ ?
चलचित्रमा पात्रको छनोट कथाको माग अनुसार हुन्छ । चलचित्रमा सोझी केटी र कडा खालको केटा भएको भए सायद पात्र फरक हुन सक्थ्यो होला । तर, केटा सोझो र कडा केटी भएकाले पूजा र मेरो जोडी मिलेको छ भन्ने लाग्छ ।

८. तपाइले आफूलाई नयाँ भनेर प्रस्तुत गरिरहनु भएको छ ? तर के तपाइले आफैले निर्माण र अभिनय गरेको चलचित्र ‘स्केप’लाई विर्सनुभएको हो ?
त्यस्तो पनि होइन । मैले हरेक स्थानमा यो चलचित्रको पनि नाम लिइरहेको छु । मलाई ‘प्रेमगीत’ले परिचय दिएको छ ।

९. चलचित्र चल्यो भने प्रदिप खड्का व्यस्त हुनुहोला ? यदि, चलेन भने अन्य निर्माताले तपाइमाथि जोखिम नमोल्न पनि सक्छन् । यस्तो समयमा के फेरि यही संघर्ष गर्नुहुन्छ या अब यो भन्दा बढी सक्दिन भनेर विदेश जानुहुन्छ ?
मलाई अब त्यस्तो गर्नुपर्छ होला भन्ने लाग्दैन । किनकी, अहिले मलाई राम्रा ब्यानरबाट ४-५ वटा चलचित्रको अफर आइरहेको छ । अब म अन्तिम अवस्थासम्म यही नै मिहिनेत गर्छु ।

१०. ‘प्रेमगीत’लाई प्रतिक्षा गरेका  दर्शकलाई के भन्नुहुन्छ ?
प्रेम दिवसको समयमा क्वालिटी समय बिताउन चाहनुहुन्छ भने तपाई पक्कै पनि यो चलचित्र हेर्न सक्नुहुनेछ । यदि, तपाइको भ्यालेन्टाइन छैनन् भने पनि म तपाइको भ्यालेन्टाइन भनेर हल-हलमा आउनेछु । आउनुहोस्, एकसाथ बसेर चलचित्र हेरौला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment