Comments Add Comment

‘दि भ्वाइस’को डिजिटल अडिसन चैत्र १० मा सकिने

विश्वकै चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस’ नेपाल भित्रिसकेको छ । यो शोको पहिलो श्रृङ्खलाले दर्शकको अत्याधिक माया पनि पाएको छ । अब यो शोको दोश्रो श्रृङ्खला सुरु हुने भएको छ । हिमालय टीभी एचडीमा यो शोको प्रशारण असारबाट हुने बताइएको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको बिषयमा जानकारी गराइएको हो । सिजन २ को डिजिटल अडिसनको समय अब एक सातामा सकिने भएको छ । कार्यक्रमको निर्माण टिमले दिएको जानकारी अनुसार चैत्र १० गतेबाट डिजिटल अडिसन सकिनेछ ।

माघको १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा करिब १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यले अडिसन दिएको बताइएको छ । विश्वभर छरिएर रहेका प्रतिभाले ‘द भ्वाइस अफ नेपाल’को मोबाइल एप डाउनलोड गरेर अडिसन दिन सकिनेछ । साथै, फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत पनि आफ्नो स्वर रेकर्ड गर्न सकिने बताइएको छ । अडिसनलाई सहज र सुलभ बनाउनका लागि यसपटकदेखि सामाजिक संजालमार्फत पनि अपाm्नो स्वर पठाउन सकिने व्यवस्था गरिएको यो शोका निर्देशक एवं निर्माता लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।

यस्तै, यसपटकदेखि फोन गरेर पनि आवाज रेकर्ड गर्न सकिनेछ । आयोजकले दिएको जानकारी अनुसार ९८२३६१४१८५ मा फोन गरेर अडिसन दिन सकिनेछ । एएनसी इभेन्ट म्यानेजमेन्टले यो चर्चित रियालिटी शोलाई नेपाल भित्राएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment