१७ असोज, काठमाडौं । भारतले २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।
शनिबार भएको फाइनलमा पाकिस्तानलाई १९ रनले हराउँदै भारतले लगातार दोस्रोपटक स्वर्ण जितेको हो । भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनायो ।
पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ९६ रन बनाएपनि जितका लागि पर्याप्त भएन । उनी इनिङको अन्तिम बलमा आउट भएका थिए । सैम अयुबले २९ तथा माज सदाकतले २३ रन बनाए ।
भारतका अक्षर पटेल, वासिङटन सुन्दर र शिवम दुबेले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । तिलक वर्माले अविजित ५१ तथा शिवम दुबेले २७, कप्तान श्रेयस अय्यरले २१ र इशान किशनले २० रन बनाए ।
पाकिस्तानका अहमद दानियाल र अराफात मिन्हासले २-२ तथा अबरार अहमद र सैम अयुबले १-१ विकेट लिए ।
यसअघि आजै बिहान भएको कांस्य पदकको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएर कांस्यपदक जितेको छ ।
प्रतिक्रिया 4