Comments Add Comment

‘चुलबुल पान्डे’ सलमानको शुभ-खबर

‘चुलबुल पान्डे’ उर्फ रबिनहुड । उनी पुलिस हुन् । हक्की, निडर । गुन्डाको झुन्डमा पसेर तिनीहरुलाई रामधुलाई गर्छ । गुन्डाहरु पैसा लुट्छन् । गुण्डाले लुटेको पैसा चुलबुल पान्डेले लुट्छ । फिल्म ‘दबंग’को गजब चरित्र हो, चुलबुल पान्डे ।

चुलबुल पान्डको ह्याङओभरबाट मुक्त नभइसकेका दर्शकका लागि दबंग ब्वाई अर्थात सलमान खानले शुभ समाचार सुनाएका छन् । उनको फिल्म ‘दबंग-३’ बन्नेछ र आगमी डिसेम्बरमा प्रदर्शनका लागि तयार हुनेछ ।

फिल्ममा सलमानलाई सोनाक्षी सिन्हाले साथ दिनेछिन् । सोनाक्षीलाई सलमानले नै दबंगबाट बलिउडमा भित्र्याएका हुन् ।

‘दबंग-३’लाई यसपटक प्रभू देवाले निर्देशन गर्दैछन् । प्रभू खासमा कोरियोग्राफर हुन् । उनले दर्जन हाराहारीमा फिल्म निर्देशन गरेका छन् । यसअघि फिल्म ‘वान्टेड’मा प्रभू र सलमानले सँगै काम गरेका थिए ।

ब्रम्हास्त्रसँग जुध्ने

दबंग-३ को छायांकन अपि्रलबाट सुरु हुनेछ । साथै डिसेम्बरमा सार्वजनिक हुनेछ । यदि यो फिल्म क्रिसमसको बेला प्रदर्शन हुने तय भएको हो भने त्यसबेला अर्को फिल्म ‘ब्रम्हास्त्र’ पनि प्रदर्शनमा आउनेछ । यी दुबै फिल्मबीच टक्कर हुनेछ ।

सुपरहिरो फिल्म ‘ब्रम्हास्त्र’मा रणवीर कपूर र आलिय भट्टलाई देख्न पाइनेछ ।

अहिले दबंग टिम ‘द बैंग टुर’मा व्यस्त छ । यो यात्रा सकिएपछि फिल्मको छायांकन सुरु हुनेछ । यस फिल्ममा सोनाक्षी लगायत अन्य दिग्गज कलाकारलाई साइन गराइएको छ । फिल्मको भिलेनमा सुदीपलाई लिइनेछ, जसले मख्खीमा भिलेनको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment