+
+

निश्चल भन्छन्–‘फिल्म प्रचारमा नयाँ शैली अपनाउन जरुरी छ’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १८:२२

अहिले चलचित्रको बजार निकै सुस्ताएको छ । रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने कुनै पनि निर्माताले दोहोर्याएर चलचित्र निर्माण गर्ने आट गर्ने अवस्था छैन् । घर–जग्गा बेचेर चलचित्र निर्माण गरेका निर्माताहरु त अहिले टाउकोमा हात राखेर ‘खुई’ काडिरहेका छन् ।

निरन्तर चलचित्रहरु असफल भइरहदा निर्देशक निश्चल बस्नेतले चलचित्र प्रचारको लागि नयाँ उपाय खोज्ने समय आएको बताएका छन् । आइतबार काठमाण्डौमा भएको चलचित्र ‘जात्रै जात्रा’को गीत रिलिज कार्यक्रममा उनले प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने बोलेका हुन् ।

‘राम्रो चलचित्रले पनि राम्रो व्यापार गर्नका लागि प्रचार प्रसार गर्नैपर्छ । यदि प्रचार राम्रो भएन भने कुनै पनि चलचित्रले राम्रो व्यापार गर्न सक्दैन’, निश्चलले भने, ‘प्रचार नभएपछि राम्रो चिज पनि हराएर जान्छ ।’ अहिलेसम्म सम्पूर्ण चलचित्रको प्रचार शैली एकै भएको निश्चलको बुझाई छ । उनी भन्छन्, ‘सबै प्रचारहरु एकै किसिमको भएको छ । त्यसले दर्शकलाई सुचना मात्र दिइरहेको छ । तर, हामीले दर्शकलाई नयाँ शैली अपनाएर हलसम्म आकर्षित गराउन सक्नुपर्छ ।’

हुन पनि हो, अहिले चलचित्र बनाउनेहरु प्रचारको नाममा आफ्नै समुहमा मात्र रुमल्लिन थालेका छन् । यसले भ्यागुतो जत्ती उफ्रिए पनि कुवाकै भित्र भने जस्तै भएको छ । युटुबको भ्यूज, ट्रेन्डिङ हेरेर मख्ख पर्ने निर्माताले हलसम्म दर्शकलाई तान्ने माहोल भने सिर्जना गर्न सकेका छैनन् ।

चलचित्र ‘जात्रै जात्रा’को एक गीतमा निश्चलले नृत्य प्रस्तुत गरेका छन् । अहिले चलचित्रको निर्देशनमा भन्दा पनि निश्चल आइटम गीत र अभिनयमा नै रमाइरहेका छन् । तर, निश्चल आफू छिट्टै नयाँ चलचित्र निर्देशन गर्ने आश्वसन दिन छोड्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?