Comments Add Comment

सिटी एक्सप्रेस र कैलाश विकास बैंकबीच रेमिट्यान्स सम्झौता

CT Express and Kailash Bank

८ माघ, काठमाडौं । विदेशबाट रेमिट्यान्स भित्राउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले कैलाश विकास बैंसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सम्झौतासँगै विदेशबाट सिटी एक्सप्रेस मार्फत पठाएको पैसा कैलाश बैंकका देशभर रहेका २६ शाखाहरूबाट समेत भुक्तानी लिन सकिने छ ।

रेमिट्यान्स भुक्तानी सम्झौतापत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कैलाश विकास बैंकका कार्य सञ्चालन विभाग प्रमुख विमल कुमार तिमिल्सेनालेे हस्ताक्षर गरे ।

विगत ९ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेसले जापानबाट आफ्नै कार्यालयमार्फत तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन लगायतका मुलुकबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेसले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरिसकेको छ ।

यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेसका करिव ४ हजार भन्दा बढी आधिकारिक स्थानीय ठाउँहरूबाट भुक्तानी लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment