Comments Add Comment

उच्चस्तरीय संयन्त्रको बैठक निर्णयविना टुंगियो

prachanda (2)

  • फाइल तस्वीर

१७ माघ, काठमाडौं । सरकारको काम प्रभावकारी भएन भन्दै प्रचण्डको पहलकदमीमा बोलाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक निष्कर्षमा नपुगी टुंगिएको छ । प्रधानमन्त्री ओलीको व्यस्तताको कारण एजेण्डामा मात्रै तय भएको तर कुनै निर्णय नभएको नेताहरुले जानकारी दिए ।

बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार साँझ ५ बजे नै फेरि संयन्त्रको बैठक बस्ने जानकारी दिए ।

बैठकमा सरकारको कामकारवाही, प्रधानमन्त्रीको भारत भ्रमण, मधेसी मोर्चाको जारी आन्दोलन र नाकाबन्दी लगायतका एजेण्डामा छलफल भएको प्रचण्डको भनाइ छ ।

एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेअनुसार आइतबार बैठक बसेको थियो । यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment