Comments Add Comment

नाकाबन्दीबारे मोर्चाभित्र खटपट

Madhesi-Morcha-Meeting

१९ माघ, काठमाडौं । साढे पाँच महिनादेखि भारतीय सहयोगमा बन्द रहेको नाका खोल्न–नखोल्ने विषयमा मधेसी मोर्चाभित्रै विवाद देखिएको छ ।

संविधान संशोधनपछि मोर्चाले नाकाबन्दीलाई निरन्तरता दिँदै आन्दोलन खुकुलो बनाएपछि तराईका जनजीवन सामान्य बनिसकेको छ ।

पछिल्लोपटक नाकाबन्दी जारी राख्ने वा फिर्ता लिने विषयमा मोर्चाआबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सदभावना पार्टीका शीर्ष नेताबीच असमझदारी बनेको नागरिक दैनिकमा समाचार छ । नेताहरुबीचमै खटपट बढेपछि नाकाबन्दीको विषय थप जटिल बनेको छ ।

अराजक बन्दै आन्दोलनकारी

यसैबीच संविधान संशोधनपछि सुस्ताएका आन्दोलनकारी नेपाली कांग्रेसको अधिवेशन विथोल्ने नाममा अराजक प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीइ समावेशी मधेसी गठबन्धनका कार्यकर्ताले जनकपुरमा सोमबार छानीछानी कांग्रेस सांसदको घर आगजनी र तोडफोड गरे ।

आन्दोलनकारीले पूर्वमन्त्री विमलेन्द्र निधिको घरमा आगजनी गर्नुका साथै सांसदहरु आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव र लीला कोइरालाको घरमा एकैसाथ ढुंगामुढा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment