Comments Add Comment

छापामा आज : जग्गा कारोबारीद्वारा सुनसरीको २३० बिघा ऐलानी जग्गा कब्जा

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार आएको हावाहुरी आजका सबै दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘भीषण हुरी’ शीर्षक दिएर २५ को मृत्यु र ४ सय घाइते भएको लेखेको छ । नागरिकले भने २८ को मृत्यु भएको र ४ सय घाइते भएको विवरण छापेको छ । नयाँ पत्रिकाले ४ सयभन्दा बढी घाइते हुँदा बारा र पर्साका अस्पताल भरिएको जनाएको छ ।

यसबाहेक राजनीतिक, सामाजिक, आर्थिकलगायत विषय पनि पत्रिकाहरुको विषयवस्तु बनेको छ ।

सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरुले एकैपटक २ सय ३० बिघा ऐलानी जग्गा कब्जा गरेको खबर कान्तिपुरले छापेको छ । उनीहरुले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुरका अनुसार उनीहरुले सुनसरीको बराह क्षेत्र खनगरपालिकामा पर्ने उक्त जग्गा चैत १३ देखि १६ सम्म ट्याक्टर लगाएर जोतेका छन् । स्थानीयले अवरोध गर्दा उनीहरुले बेलकाटबाट प्रहरी ल्याएर सर्वसाधारणलाई धम्क्याएको समाचारमा उल्लेख छ ।

राष्ट्रिय मानव अधिकार आयोगले अर्थ मन्त्रानलयसँग दातृ निकायले दिएको अर्बौं रुपैयाँको हिसाब पाँचपटक मागे पनि अर्थ मन्त्रालयले त्यसको हिसाब आयोगलाई दिन आनाकानी गरेको लेखेको छ ।

अर्थमन्त्रालयले बेवास्ता गरेपछि मानवअधिकार आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पनि ध्यानाकर्षण गराएको छ । तथापि उसले पनि चासो नदेखाएको समाचारमा उल्लेख छ ।
विप्लवमाथि प्रहरीले लिएको एक्सनमा १ सय ३६ जना पक्राउ परेको अर्को खबर पनि राजधानीमा छ ।

नागरिकले खानेपानी मन्त्री विना मगरको विदेश भ्रमण अस्वीकृत भएको लेखेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषदले उनको भ्रमण अस्वीकृत गरेको हो ।

गोरखापत्रले सडकमा थुपारिने गिटी, बालुवा र फोहोर काठमाडौं महानगरपालिकाले ल्याएको ब्रुमरका लागि चुनौती बनेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment