Comments Add Comment

पाकिस्तानले दिएन अनुपम खेरलाई भिसा ?

anupam-kher
बलिउडका चर्चित कलाकार अनुपम खेरलाई पाकिस्तानले भिसा दिन इन्कार गरेको छ । फेव्रुअरी ५ मा उनी कराँचीमा हुने साहित्यिक महोत्सवमा सहभागी हुनका लागि पाकिस्तान जान लागेका थिए ।

तर, पाकिस्तानी राजदुतावासले उनलाई भिसा दिन इन्कार गरेको भारतीय संचारमाध्यमको दाबी छ ।
तर, पाकिस्तानको सरकारले भने अनुपमले कहिल्यै भिसा एप्लाई नगरेको जनाएको मिडियाको दाबी छ ।

तर, अनुपम खेरले एक लिडिङ वेभसाइटलाई दिएको जानकारी अनुसार महोत्सवमा भाग लिनका लागि १८  जनाले भिसा एप्लाई गरेका थिए । जसमा उनलाई मात्र भिसा दिन इन्कार गरिएको छ ।

अनुपम अहिले समाजका विभिन्न मुद्दामा खुलेरै अगाडि आउन थालेका छन् । उनलाई भिसा नदिएपछि अहिले यसले चर्चाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment